लमजुङ कालिका यातायात कम्पनीको सञ्चालक समिति चयन हुँदै

बेसीशहर, जेठ ४ गते । विगत लामो समयदेखि स्थगित रहँदै आएको लमजुङ कालिका यातायात कम्पनीको अधिवेशन आज पुनः हुँदै छ । 

गत फागुनमा आयोजना गरिएको अधिवेशन नेतृत्व चयनमा सहमति हुन नसक्दा स्थगित भएकोमा आज पुनः नेतृत्व चयन गर्न लागिएको हो । त्यतिबेला कम्पनीको अध्यक्षमा ५ जनाको उमेदवारी परेको थियो । अध्यक्षमा सहमति नजुटेपछि छलफल गर्न भनि अधिवेशन स्थगित गरिएकोमा खासै छलफल समेत नभएपछि आज मतदान प्रक्रियाबाट भए पनि नेतृत्व चयन गरिने सञ्चालकहरुले बताएका छन् ।

अध्यक्ष पदका लागि नृपेृन्द्र श्रेष्ठ, पूणर्लाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, कृष्णबहादुर अधिकारी र श्रीप्रसाद अधिकारीको मनोनयन परेको छ ।

सदस्य पदका लागि राजकुमार रावल, श्रीकान्त घिमिरे, प्रैम भण्डारी, नवराज सुवेदी, टसबहादुर गुरुङ, बीरबहादुर घिमिरे, विनायक बराल, मृगेन्द्र घिमिरे, अमृतलाल श्रेष्ठ र सन्तोष कार्कीले मनोनयन दर्ता गराएका छन् ।

अध्यक्षमा मनोनय दर्ता गराएका पूणर्लाल श्रेष्ठ साविक लमजुङ कालिका यातायात सञ्चालक समितिका अध्यक्ष हुन् । अर्का प्रत्यासी कृष्णबहादुर अधिकारी वर्तमान सञ्चलक समितिको अध्यक्ष हुन् । उनी यस अघि साविक समितिमा पनि दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । अध्यक्षका अन्य प्रत्यासीहरु भने नयाँ हुन् ।

प्रतिक्रिया