राेटरी क्लवद्वारा विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

खबरकुञ्ज

बेसीशहर, पुस १ गते । लमजुङ सदरमुकाम बेसीशहरको एक विद्यालयका विद्यार्थीहरुलाई सोमबार विद्यालय पोशाक वितरण गरिएको छ ।

रोटरी क्लब अफ लमजुङ र रोटरी क्लब अफ भरतपुरा तथा रोट्रयाक्ट क्लब अफ लमजुङले संयुक्त रुपमा बेसीशहरको वडा नंं ९ बिम्दाबेसीमा रहेको चन्द्रज्योति आधारभूत बिद्यालयका २७ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेका हुन् ।

टेक कार्यक्रम अन्तर्गत रही ट्रयाक सूट, जुत्ता, मोजा र टोपी लगायतका पोशाकहरु प्रदान गरिएको रोटरी क्लव अफ लमजुङका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए ।


रोटरी क्लब अफ लमजुङका अध्यक्ष रोटेरियन मुकेश कुँवरको अध्यक्षता र रोटरी क्लब अफ भरतपुरका पुर्व अध्यक्ष रोटेरियन डा. इश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको पोशाक वितरण कार्यक्रममा रोटरी क्लब अफ लमजुङका पुर्व अध्यक्ष रामकुमार श्रेष्ठ, डा. तिलकबाबु घिमिरे, रेशम घिमिरे खत्री, रोटरी क्लब अफ भरतपुरका पूर्व अध्यक्ष धनबहादुर श्रेष्ठ, कोषाध्यक्ष कृष्ण लामिछाने, उपाध्यक्ष राम बहादुर बस्नेत सचिव नविन भण्डारी, सर्विस प्रोजेक्ट चियर राजेन्द्र चापागाई, सदस्य घनश्याम तिवारी,. ईश्वर बहादुर लोहनी, मधु प्रसाद पोख्रेल, रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष सुष्मा गुरुङ, कोषाध्यक्ष रन्जना वि क, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमारी गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष सुरज वि. क. लगायतको उपस्थिति थियो । 

बिद्यालयको शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने र बालबालिकाको स्वास्थ तथा शारीरिक सुरक्षा र आत्मबिश्वास बढाउने उदेश्यले पोशाक प्रदान गरिएको र यस कार्यका लागि ६० हजार रूपैयाँ खर्च लागेकाे रोटरी क्लव अफ लमजुङका अध्यक्ष मुकेश कुँवरले बताए ।

प्रतिक्रिया