बेसीशहर, असार ३२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधका बिरोधमा लमजुङमा १३ हजार बढीले हस्ताक्षर गरेका छन् ।
लमजुङ सदरमुकाम बेसीशहर सहित सुन्दरबजार, भोटेओडार लगायतका क्षेत्रमा मात्र गरिएको हस्ताक्षर संकलन अभियानमा १३ हजार ४८२ जनाले हस्ताक्ष्र गरेका रास्वपा लमजुङका सभापति अशोक सापकोटाले जानकारी दिए ।
स्वतःस्फूर्त र उत्साहजनक रुपमा नागरिकहरु हस्ताक्षर अभियानमा जोडिएका जानकारी दिँदै सापकोटाले अभियानलाई थप ब्यापक बनाउँदै साउन मसान्तसम्म ३० हजार जनाको हस्ताक्षर संकलन गर्ने लक्ष्य रहेको बताए ।
सभापति सापकोटाले भने– “हामीलाई गाउँ गाउँबाट पनि हस्ताक्षर अभियान चलाउन साथीहरुले आग्रह गर्नुभएको छ, तर खेतीपातीको समय भएकाले हामीले गाउँ गाउँसम्म यो अभियान लैजान सकेका छैनौं ।”

हस्ताक्षर अभियानमा युवा देखि बृद्ध बृद्धाहरु पनि सहभागी भएका छन् । रास्वपाका समर्थकबाहेक विगतमा कांग्रेस एमालेलाई मत दिएका युवा युवती र ज्येष्ठ नागरिकहरुले सरकारले रवि लामिछानेलाई अत्याचार गरेको भन्दै उनको समर्थनमा हस्ताक्षर गरेका छन् । उनीहरुले सहकारी ठग्नेलाई राज्यले नै संरक्षण गरेको तर सहकारीको सदस्य नै नभएका रविलाई सहकारी ठगीमा फसाएर मुद्दा लगाउनु राजनीतिकि प्रतिशोध बाहेक अरु नभएको बताएका छन् ।
रास्वपाको हस्ताक्षर अभियानले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रमा अबद्ध कार्यकर्ताको पनि दरिलो साथ पाएको छ । रवि लामिछानेमाथि राज्यले अत्याचार गरेको भन्दै उनको समर्थनमा हस्ताक्षर गर्न जाने कांग्रेस एमाले कार्यकर्ताहरुको संख्या पनि उल्लेख्य पाइएको छ ।
लमजुङमा रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्नेहरुको संख्या बढिरहँदा रास्वपाको संगठनमा समेत उल्लेखनीय बृद्धि भइरहेको छ । हस्ताक्षर अभियान संगै लमजुङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिनेहरुको संख्या पनि उत्साहजनक रुपले बृद्धि भएको सभापति सापकोटाले जानकारी दिए । उनले भने– “रवि लामिछानेलाई जेल हालेर रास्वपाा सकिन्छ भन्नेहरुलाई मेरो प्रष्ट जवाफ छ– प्रतिशोध साँधेर रवि लामिछानेलाई जेल पठाएपछि लमजुङमा रास्वपाको सदस्य संख्या तीन गुणाले बढेको छ । कांग्रेस एमालेका दर्जनौं युवाहरु रास्वपा जोडिएका छन् ।”
अहिले दिनहूँ रास्वपामा उर्जावान युवाहरु थपिने क्रम बढेको छ । देशभर जस्तै लमजुङमा पनि उर्जावान युवाहरुको रास्वपा आगमनले हामीलाई हौसला मिलेको छ । यो देश हाम्रो हो र यो देश हामीले नै बनाउनुपर्छ भन्ने भावना बोकेका उर्जाशील युवाहरुले रास्वपा झन झन बलियो हुँदै गएको उनले बताए ।

रास्वपाको यो अभियानमा ००७ सालदेखि कांग्रेसमा आवद्ध भएका बृद्धबृद्धाहरु जोडिएका मात्र छैनन्, रविमाथि गरिएको अत्याचारले कांग्रेसमा बस्न मनले नमानेको बताउने गरेको रास्वपाका नेताहरुले बताए ।
रास्वपा लमजुङका उपसभापति प्रकास थापाले राज्यले पार्टी सभापतिमाथि प्रतिशोध साँधेर मुद्दा चलाएपछि सभापाति लामिछाने र रास्वपामाथि सहानुभूति बढेको र रास्वपाको संगठन थप बलियो भएको बताए ।
रास्वपा लमजुङका नेताहरुले २०८४ सम्म लमजुङलाई घण्टीमय बनाउने प्रण समेत गरेका छन् ।
रवि लामिछाने विरुद्ध राज्यले साँधेको प्रतिशोधको विरुद्ध देशभर हस्ताक्षर संकलन भइरहेको छ । हालसम्म देशभर २० लाख बढी हस्ताक्षर संकलन गरिएकोमा सबै भन्दा बढी गण्डकी प्रदेशमा २ लाख ६० हजार बढीले हस्ताक्षर गरिसकेका छन् ।
खबरकुञ्ज