काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई विश्वास गर्न संसदलाइ आग्रह गरेका छन् ।
एक क्विन्टल सुन प्रकरणमा सांसदमा विपक्षी दलका सांसदहरुले उठाएका प्रश्नको संसदमा जवाफ दिदैं गृमहमन्त्री श्रेष्ठले विगतमा ३३ किलाे सुन काण्डमा संसदीय समिति बनाएर हेरिँदा नतिजा केही पनि नआएकाे भन्दै उनले राज्यका अनुसन्धान गर्ने निकायलाइ कम्तीमा पनि ३५ दिन विश्वास गर्न अनुराेध गरे ।
एक क्वीण्टल सुन प्रकरणमा अनुसन्धान गरेकाे राजश्व अनुसन्धान विभागले याे प्रकरण संगठित अपराध हाे भन्ने ठहर गरी अनुसन्धान प्रतिवेदन सहित प्रहरीलाइ जिम्मा लगाएकाे भन्दै गृहमन्त्रीले सिअाइबीले दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन सक्ने विश्वास सरकारलाइ रहेकाे बताए ।
उनले दाेषी जुनसुकै पार्टीकाे भए पनि उन्मुक्ति नपाउने प्रतिबद्धता जनाए ।
उनले अनुसन्धान गर्न बाँकी ३५ दिनमा पनि सिअाइबीले दाेषी पत्ता लगाउन नसके वा अपराधी लुकाउने दुर्नियत देखा परेमा छानवीनसमिति बनाउन सकिने बताए । उनले यस प्रकरणमा दाेषी जाे काेही भए पनि नछाेडिने भन्दै केही दिन धैर्य गर्न सांसदहरूसंग हात जाेडेर अनुराेध गरे ।