बेसीशहरमा जिल्ला स्तरीय खुला तीज गीत प्रतियोगिता सम्पन्न

खबरकुञ्ज

बेसीशहर, भदौ ७ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा लायन्स क्लव अफ लमजुङ, टुगेदर वी क्यानले आयोजना गरेको जिल्ला स्तरीय खुला तीज गीत प्रतियोगिता शनिबार बेसीशहरमा सम्पन्न भएको छ । 

लमजुङका विभिन्न स्थानका गरी २२ वटा समूहले सहभागिता जनाएको प्रतियोगितामा सुन्दरबजार नगरपालिका वडा नंं ९ मा रहेको नयाँ बजार आमा समूहले पहिलो स्थान जित्दै नगद २५ हजार पुरस्कार र प्रमाणपत्र जितेको छ । प्रतियोगितामा सुन्दरबजार  नौविसे आमा समूहले द्वितीय स्थान प्राप्त गरी नगद १५ हजार पुरस्कार पाएको छ । त्यस्तै भोटेओडारको भूपू लोटस मन्टेश्वरी स्कूलले तृतीय स्थान प्राप्त गरी नगद १० हजार पुरस्कार पाएको छ ।

प्रतियोगितामा कर्मदा आमा समूह र चिती तिलाहार आमा समूहले सान्त्वना स्थान प्राप्त गरे । दुवै समूहलाई नगद ५÷हजार रुपैया र प्रमाणपत्र पुरस्कार दिइएको थियो । प्रतियोगितामा सहभागीमध्ये जिल्ला प्रहरी कार्यालय लमजुङलाई नगद २ हजार ५ सय,  प्रगतीटोल आमा समुह र इन्द्रकमल आमा समुहलाई नगद १÷१ हजार र प्रशंसापत्रका साथमा प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।


बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालयको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा सहभागी समूहहरुले महिलाहरुले भोग्नु परेका समस्या, महिला हिंसा, सशक्तिकरण, देश प्रेम र विकास सम्बन्धी गीतहरू गाएका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी, प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य गायिका सरस्वती लामिछाने र टसबहादुर गुरूङ  निर्णायकको रुपमा रहेका थिए । कार्यक्रममा तीनै जनाले विभिन्न गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए ।



प्रतिक्रिया