बेसीशहर, पुस १७ गते । त्रिवेणी कप राष्ट्रब्यापी नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आजबाट क्वार्टर फाइनलका खेलहरु शुरु हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार प्रिक्वार्टर फाइनलका खेलहरु सम्पन्न भएपछि आजबाट क्वार्टर फाइनल शुरु हुन लागेको हो ।
आजको पहिलो क्वार्टर फाइनल खेल बिहान ११ बजे एपिएफ फुटबल क्लबका विरुद्ध मच्छिन्द्र क्लव काठमाडौं खेल्दैछन् । मच्छिन्द्र क्लव डिफेण्डिङ च्याम्पियन लाली गुराँस भुजुङलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रबेश गरेको हो । त्यस्तै सामना युवा क्लव तुरतुरेलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लवले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
बुधवारको दोस्रो खेल एनआरटी काठमाडौं र टोखा भगवती क्लव काठमाडौंबीच दिउसाे २ बजे हुँदैछ । चामे युवा समूहलाई पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको एनआरटी र ठडराई अधिकारी समाज दिहीथोकलाई पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको टोखा भगवतीबीच टक्करको भीडन्त हुने पक्का छ ।
प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेल अभिषेक चर्च रजहर र आयोजक त्रिवेणी युवा क्लवबीच र दोस्रो खेल त्रिभुवन आर्मी विरुद्ध बीवाइसी भोटेओडार खेल्ने छन् ।
प्रतियोगिताको विजेताले १२ लाख नगदका साथमा त्रिवेणी कप जित्नेछ । उपविजेताले नगद ६ लाख पाउनेछ ।
खबरकुञ्ज