बेसीशहर, भदौ ७ । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजना गरीएको छैटौं प्रविणकुमार कायस्थ स्मृति यूगल ब्याडमिन्टन प्रतियोगीता सुन्दरबजारको रोहित र मेघनाथको जोडीले जितेको छ ।
लमजुङ मर्स्याङदी यूवा क्लब बेसीशहरले तीज उत्सव २०८२ को अबसरमा आयोजना गरेको खुला व्याडमिन्टन प्रतीयोगितामा सुन्दरबजारकै सुवास श्रेष्ठ र हर्कमान श्रेष्ठको जोडीलाई पराजित गर्दै रोहित र मेघनाथ जिल्ला च्याम्पियन बनेका हुन् ।
शनिबार बेलुको भएको फाइनलमा खेल शुरु भएको केही मिनेटमै प्रतिस्पर्धी टीमका सुवास श्रेष्ठ लडेर घाइते भएपछि रोहित र मेघनाथले सहजै प्रतियोगिता जितेका हुन् । फाइनलको पहिलो खेलमै रोहित र मेघनाथको जोडी ५–२ को अग्रतामा रहेकै बेला सुवास कोर्टमा चिप्लेर लडेका थिए । सुवासलाई केही बेर आराम गराईए पनि पुनः खेल्न नसकेपछि रोहित र मेघनाथकाो जोडीलाई विजयी घोषित गरिएको थियो ।
यसअघि सेमीफाइनलमा रोहित र मेघनाथको जोडीले बेसीशहरका कृष्णकुमार र सुरेश प्रधानको जोडीलाई पराजित गरी फाइनल प्रवेश गरेकोको थियो । सुवास र हर्कमानको जोडीले बेसीशहरकै गजेन्द्र श्रेष्ठ र सुरेश श्रेष्ठकाे जोडीलाई पराजित गरेकाे थियाे ।
च्याम्पिन बनेसंगै रोहित र मेघनाथको जोडीले नगद २५ हजार, ट्रफि र प्रमाणपत्र पुरस्कार पााउने छन् । दोस्रो स्थानमा चित्त बुझाएका सुवास र हर्कमानको जोडीले नगद १५ हजार, ट्रफीका साथमा प्रमाणापपत्र पाउने छन् । सेमीफाइनलमा पुगेका कृष्णकुमार र सुरेश तथा गजेन्द्र तथा सुरेशको जोडीले पनि नगद ५ हजार, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
विजयी खेलाडीहरुलाई हरितालिका तीजका अवसरमा आयोजक क्लवले आयोजना गरेको तीज उत्सवको समापनका अवसरमा भदौ १० गते फूलबारी मञ्चमा पुरस्कार वितरण गरिने आयोजक क्लवका अध्यक्ष विजय श्रेष्ठले बताए ।
बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले शुक्रबार प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै मेयर अर्यालले जिल्लामा आयोजना गरीने खेलकुद प्रतितियिोगिताले खेलको विकासमा टेवा पुग्ने भन्दै खेल क्षेत्रमा सोचेजस्तो प्रगति हुन नसकेको बताए । उनले खेलकुदको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
क्लवका अध्यक्ष विजय श्रेष्ठकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा लमजुङ जिल्ला ब्याडमिण्टन संघका अध्यक्ष मनिलाल विश्वकर्मा, संस्थापक अध्यक्ष अमर कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष कृष्णकुमार प्रधान, स्वर्गिय प्रवीण कुमार कायस्थकी धर्मपत्नी सुकमेली कायस्थ, क्लवका पूर्व अध्यक्ष जुन तामाङ लगायत क्लव तथा संघका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
खबरकुञ्ज