गत माघदेखि बेपत्ता रहेका ८७ बर्षिय सिलवाल मृत अवस्थामा भेटिए

खबरकुञ्ज

बेसीशहर, चैत २ गते । गत माघदेखि बेपत्ता रही घर परिवारबाट भइ सम्पर्क बिहीन रहेका बेसीशहर ११ का ८७ बर्षिय बृद्ध धनबहादुर सिलवाल मृत अवस्थामा भेटिएका छन् ।

चितीको कार्कीडाँडा निवासी ८७ बर्षका सिलवालकोे शब मध्यमस्र्याङदी जलविद्युत परियोजनाको बाँधमा मृत अवस्थामा आइतबार बेलुकी भेटिएको हो ।

आइतबार बेलुकी ६.२० बजे मध्यमस्र्याङदीको बाँधमा उनको शब घोप्टो परेर तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार सिलवालका छोरा दीपक सिलवालले बाबुको शबको पहिचान गरेका छन् ।

सिलवाल परिवारले गत माघ १७ गतेदेखि धनबहादुर सम्पर्क बिहीन भइ हराइ रहेको भनि खोजतलास गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । परिवारले उनी जान सक्ने सम्भावित स्थान, आफन्तहरुकोमा खोज तलास गर्दा पनि उनी भेटिएका थिएनन् । उनको शबको पोष्टमार्टम गरी आजै बेसीशहर ११ को धौखोला दोभान घाटमा अन्त्येष्टि गरिने चिती कार्कीडाँडा समाज, लमजुङले जनाएको छ ।

प्रतिक्रिया