अन्तरंगमा नवराज पहाडीले लेखेका भ्रामक समाचारकाे पर्दाफास, समाचार पुष्टि गर्न चुनाैति

कल्पना शर्मा दनाई

बेसीशहर, माघ १७ गते । लमजुङका पत्रकार नवराज पहाडीले ब्यक्तिगत रिसइबी भएका ब्यक्तिहरूसंग रिसइबी साँध्न पटक पटक झुटाे र भ्रामक समाचार लेखेर बेसीशहरकाे कालिका सहकारी र त्यसका सञ्चालककाे बदनाम गराएकाे रहस्य खुलेकाे छ ।

पहाडीले साे संस्था र सञ्चालकहरूकाे बदनामी गराउनकै लागि लेखेका समाचारकाे सत्यतथ्य जाँच गर्ने क्रममा झुटा र भ्रामक भएकाे रहस्य खुलेकाे हाे । उनले लेखेका केही समाचार सत्यतथ्य जाँच गर्दा कतिपय समाचार झुठा र कपाेल्कल्पित रहेकाे भेटिएपछि उनकाे चरित्रसमेत उदांगाे छ। उनले ब्यक्तिगत रिसइवी साँध्न र रिस उठेकाहरूकाे मानमर्दन गर्नकै लागि सञ्चारमाध्यमकाे प्रयाेग गरी पाठकहरूलाइ भ्रममा पर्ने गरी समाचार प्रकाशन गरेकाे पाेल खुलेकाे हाे । 

पहाडीले कालिका सहकारीका बारेमा लेखेका केही समाचारमा ब्यक्तिगत रिसइबीकाे गन्ध देखिएकाे भनि सञ्चालकहरूले गुनासाे गरेपछि समाचारकाे सत्यतथ्यका बारेमा हामीले जाँच गरेका थियाैं । उनले लेखेकामध्ये केही समाचारमा ब्यक्ति बिशेषलाइ सिध्याउन तथ्यलाइ ताेडमाेड गरी लेखिएकाे पाइएकाे छ । 

कालिका सहकारी सम्बन्धी एउटा समाचारमा उनले तत्कालीन करपुरेश्वर सहकारीले घडेरी खरिद गर्दा नै महंगोमा खरिद गरेकाे,तत्कालीन काेषाध्यक्षकाे मञ्जुरी र हस्ताक्षार बेगर खरिद गरिएकाे, २६ लाखको जग्गा ५४ लाख रुपैयाँ मूल्याङ्कन गरि सञ्चालकहरुले भात भान्सा गरे भन्ने उल्लेख छ । समाचारमार्फत उनले संस्थालाई नै दुर्घटनामा पार्ने र पाठकलाइ गलत सूचना दिइ सञ्चालकहरूकाे बेइज्जत गर्न खाेजेकाे देखिन्छ ।

पहिला तपहाडीले अन्तरंग न्यूज डटकममा लेखेका फरक फरक समाचार हेरौं ।



कर्पुरेश्वर सहकारीका नाउँमा घडेरी खरिद कसरी भयो ? खरिद गर्ने निर्णय गर्नेमा को को थिए ? महंगोमा र मेरो सही बिना खरिद गरे, त्यतिकाे रकममा त त्यतिबेला मेनरोडमा नै पाइन्थ्यो घडेरी भनि त्यतिबेलाका कोषाध्यक्षले भनेको भन्ने विषयमा चर्चा गरौं । पहाडीकाे समाचारलाइ गलत सावित गर्ने तत्कालीन करपुरेश्वर सहकारीबाट घडेरी खरिदका सन्दर्भमा गरिएको सञ्चालक समितिको वैठककाे निर्णय हामीले भेटेका छाैं ।

तत्कालीन कपुरेश्वर सहकारीको २०७० पुस १० गते बसेको वैठकले एक समिति गठन गरेको रहेछ । सो वैठकको निणर्य नंं २ मा संस्थाका लागि घडेरी खरिद गर्नका लागि गुणराज सिलवालको संयोजकत्वमा स्वयं सरोज कुमार दनाई र सीता श्रेष्ठसमेत सदस्य रहेको एक समिति गठन भएकाे रहेछ । वैठकले सो समितिलाई नै घरेडी खरिदको सबै जिम्मा दिएको देखिन्छ । तत्कालीन अध्यक्ष शिवराम सिलवालकाे अध्यक्षतामा बसेकाे वैठकमा मेराे हस्ताक्षर विना महंगाेमा खरिद गरियाे भनि भनेका भनिएका सराेज कुमार दनाइकाे समेत हस्ताक्षर देखिन्छ । यस बिषयमा निर्णयमा सही गर्ने तत्कालीन काेषाध्यक्ष  सराेज दनाइ र समाचार लेख्ने पहाडीले प्रष्ट अवश्यै पार्ने छन् । 

त्यस्तै सोही सहकारीको २०७१ जेठ ६ गतेको वैठकका निर्णय नंं १ मा सिम्पानी गाविस ६ निवासी कमला थापाको नाममा बेसीशहर गाविस वडा नं. ९ मा दर्ता रहेको कित्ता नं ३२८५ क्षेत्रफल ०-४-०-० र कित्ता नं. ३२८७ क्षेत्रफल ०-०-३-१ को जग्गा एकमुष्ठ रु. २८,००,०००। (अठ्ठइस लाख रुपैयाँ) मा खरिद गर्ने निर्णय भएको देखिन्छ । 

त्यस्तै निर्णय नंं २ मा जग्गाका लागि १ लाख रुपैयाँ बैना दिने समेत उल्लेख भएको देखिन्छ । सोही वैठकको निणर्य नं. ३ मा सो जग्गा रजिष्ट्रेसन पास गर्न संस्थाका प्रवन्धक तुलानिधि दनाईलाई जिम्मेवारी दिएको देखिन्छ ।            

त्यस्तै सोही सहकारीको २०७१ जेठ २२ गतेको वैठकले जेठ ६ गतेको वैठकले निर्णय गरे अनुसारको घडेरी खरिद गर्ने सर्वसम्मत निर्णय गरेको देखिन्छ । सबै वैठकको माइन्युटमा सरोज कुमार दनाईको हस्ताक्षर देखिन्छ । घडेरी खरिद गर्ने समितिकाे सदस्यसमेत रहेका तत्कालीन कोषाध्यक्ष सरोज कुमार दनाईले त्यति महंगोमा मेनलाइनमै पाइन्थ्यो, म कोषाध्यक्ष भए पनि मेरो हस्ताक्षर बिना खरिद गरे भनि भनेकाे कुरा माइन्युटकाे निर्णयले नै गलत सावित गरिदिएकाे छ । वैठकमा उनले कुनै नोट अफ डिसेन्ट पनि लेखेकाे देखिएन । न अरूकसैबाट विराेध गरिएकाे देखियाे । चलनचल्तीकै भाउमा जग्गा खरिद भएकाे देखिन्छ । अहिले र त्यतिबेलाकाे जग्गाकाे भाउ पनि बुझ्न सकिन्छ ।


अब पहाडीले लेखेको २६ लाखको जग्गा ५४ लाख मूल्य राखेर मार्जिन भात भान्सा गरेको भन्ने कुरकाे सत्यताबारे चर्चा गरौं । उक्त घडेरी ०७१ साल जेठमा खरिद गरिएको रहेछ।  जग्गाको खरिद गरेको ६ बर्षपछि २०७७ जेठमा पुनर्मूल्याङ्कन गरिएको देखियाे । त्यतिबेला संस्थाको अध्यक्ष मिलन शर्मा दनाई थिए । हामीले उनीसंग के भएको हो भनेर पनि सोधेका थियाैं।

उनकाे कुरा यस्तो छ – “२०७७ जेठ अन्तिमतिर बेसीशहरका करपुरेश्वर, सम्पदा र कालिका सहकारी एकीकरण गर्ने सन्दर्भमा तीनवटै संस्थाको सम्पतीको मूल्याङ्कन गर्ने क्रममा संस्थाकाे नाममा तत्कालीन कर्पुरेश्वर सहकारीकाे नाममा मात्र जग्गा देखियाे । खरिद गरेको समय भन्दा त्यतिबेला सम्म जग्गाको भाउ समेत आकासिएको र जग्गाको मूल्याङ्कन गर्दा मूल्य ५४ लाख हुने देखियो । त्याे जग्गा करपुरेश्वरका शेयर सदस्यकाे लाभांश कटाएर खरिद गरिएकाले मूल्याङ्कनमा  बढी देखिएकाे रकम तिनै शेयर सदस्यमा बाँडफाँड गर्ने निर्णय एकीकरण संयोजन समिति र आर्थिक विश्लेषण उपसमिति गरेकाे थियाे । साेही निर्णयलाइ टेकेर मूल्याङ्कनमा बढी देखिएकाे रकम दामासाहीले शेयर सदस्यहरूकाे शेयर बृद्धि गरिएकाे हाे ।

उनले अगाडि थपे–“हाम्रो नियत खराब हुँदो हो त हामीले त्यो शेयर सिमित ब्यक्तिमा बाँडफाँड गर्थ्यौं होला । संस्थालाइ जग्गा खरिद गर्न शेयर लाभांश बापतकाे रकम कटाइएकाले त्यसका लागि योगदान गर्ने शेयर सदस्यहरुलाई नै प्रतिफल दिन मूल्याङ्कनमा बढी आएको रकम २६ लाख रुपैयाँबाट शेयर सदस्यहरुको शेयर रकमको अनुपातमा शेयरमा थप गरिएको हो, नगद बाँडिएकाे हाेइन । तर पछि सहकारी रजिष्ट्रारको कार्यालयबाट संस्थाकाे बित्तीय बिश्लेषणसहित गरिएकाे छानवीन  प्रतिवेदनमा उक्त रकम शेयर बृद्धि नगरी संस्थाको जगेडा कोषमा राख्न सुझाव दिइए पछि कोषमा जम्मा गरिएको छ ।”

उनका अनुसार उक्त रकमबाट कस कसकाे शेयरमा थप गरिएकाे थियाे त्याे जाे काेहीले पनि हेर्न पनि सक्छ । उनले सञ्चालकहरूले भातभान्सा गरेकाे , एकीकारण गर्दा सो काम गर्नेहरूको हातमा राम्रो माल परे÷पारिएको स्वतः पुष्टि हुन्छ भन्ने पहाडीकाे आराेप प्रमाणित गर्न पनि चुनाैति दिएका छन् । पुष्टि गर्न नसके सार्वजनिक रूपमा गलत समाचार लेखेकामा माफी माग्नुपर्ने पनि उनले बताए ।

पहाडीले किन यस्तो भ्रामक र समाचार लेखे त ? भन्ने प्रश्नमा दनाईले भने- “पहाडीले मसंग २० हजार रुपैयाँ सापटी लगेका छन् । सापटी दिएको दुई बर्षसम्म पनि सापटी रकम फिर्ता नदिए पछि सापटी फिर्ता मागेको थिएँ । उनले अनेक बहाना बनाएर त्यो सापटी पैसा अहिले सम्म मलाई दिएका छैनन् । उनलाई सापटी पैसा फिर्ता मागेकाे रिसमा मेराे बदनाम गर्न  समाचार लेखेका होलान् । म कालिका सहकारीको सञ्चालक समितिको सदस्य पनि छु, तर उनी मलाई जबर्जस्ती कोषाध्यक्ष बनाउन खाेजिरहेछन् । कोषाध्यक्ष विनिता घिमिरे अधिकारी हुन्, तर उनी मलाई नै कोषाध्यक्ष बनाएर कानुनी कारबाही गराउन लागि परेका पनि छन् । कालिका सहकारी अहिले समस्यामा समेत रहेकाले सायद मलाई र संस्थालाई बदनाम गराउन त्यसो भनेका होलान् ।”

प्रतिक्रिया