लमजुङको नाईचेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

खबरकुञ्ज

बेसीशहर, कार्तिक २२ । लमजुङको नाईचेमा शुक्रबार राती मध्यरातमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । 

 बा ८ च ३७३१ नम्वरको बोलेरो जीप दुर्घटना भई मृत्यु हुनेमा  दोलखा जिल्ला मेलुङ गाउँपालिका–४ का ३० बर्षिय बिनोद खड्का र सोही ठाउँका २५ बर्षिय पारस खड्का रहेका छन् । दुर्घटनामा परी ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ का २० बर्षिय उमेश लिम्बु घाइते भएका छन् ।

लमजुङको मस्र्याङदी गाउँपालिकाको नाईचेमा निर्माणाधीन हिडीखोला जलविद्युत आयोजनाका लागि सिमेण्ट बोकेर  सामान बाकेर गएको बोलेरो जीप दुर्घटना भएको हो । राती करिब  ११ः३० वजेको समयमा नाईचेस्थित भित्री सडकमा जीप अनियन्त्रित भइ ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाए लगत्तै राती नै प्रहरी चौकी खुदी र प्रहरी चौकी बाहुनडाँडाबाट खटिएको प्रहरीले घटनास्थलमा पुगी उनीहरुको उद्दार गरी उपचारका लागि प्रदेश अस्पताल बेसीशहरमा पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक ज्ञानेन्द्र क्षेत्रीले प्रदेश अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको र घाइते लिम्बुको उपचार भइरहेको जानकारी दिए ।

प्रतिक्रिया