सुन्दरबजार अस्पताललाई चार थान कुर्सी सहयोग

खबरकुञ्ज

सुन्दरबजार, असोज १९ । लमजुङको सुन्दरबजारमा रहेको सुन्दरबजार अस्पताललाई अमेरिका निवासी संजीव श्रेष्ठ र क्यानाडा निवासी संगीता श्रेष्ठले चार थान कुर्सी सहयोग उपलब्ध गराएका छन् । 

आफ्ना बुबा स्वर्गीय बाबुलाल श्रेष्ठ र माता भगवती श्रेष्ठको पुण्य स्मृतिमा उनीहरुले सुन्दर बजार सरकारी अस्पताल तार्कुटारलार्ई कुर्सी सहयोग गरेका हुन् । उनीहरुले अस्पतालमा आउने विरामी र कुरुवा तथा अन्य सेवाग्राही बस्न मिल्ने कुर्सी अस्पताललाई उपलब्ध गराएका हुन् । एक कुर्सीमा तीन जनासम्म बस्न मिल्ने बताइएको छ ।

उनीहरले आफ्ना मामाहरु सुन्दरबजारका स्थापित एबम प्रतिष्ठित ब्यबसायी सुरेन्द्रमान श्रेष्ठ र राजेन्द्र मान श्रेष्ठसंगको समन्वयमा ६५ हजार रुपैयाँ मूल्य बराबरको कुर्सी प्रदान गरेका अस्पतालका अध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए । ती कुर्सीहरु शनिबार एक कार्यक्रमबीच अस्पताललाई हस्तान्तरण गरिएको छ । 

शनिबार अस्पतालमा आयोजित एक कार्यक्रममा सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइराला, बिशेष अतिथि सुन्दर बजार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जयराम रेग्मीको रोहवरमा दाताका मामाहरु सुरेन्द्रमान र राजेन्द्रमान श्रेष्ठले  अस्पतालका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रसान्त मिश्रलाई हस्तान्तरण गरेका थिए ।

सा अवसरमा नगरप्रमुख कृष्णप्रसाद कोइरालाले सुन्दर बजार नगरपालिकाको गहनाको रुपमा रहेको सुन्दरबजार अस्पतालको स्तरोन्नति गर्न आफू लागि परेको बताउदै आवश्यक थप सहयोग गर्न नगरपालिका दृढ रहेको बताए । उनले अस्पतालको भौतिक बिकास, ब्यबस्थापकीय क्षमता अभिबृद्धि, जग्गा प्राप्ति, भवन निर्माण तथा प्रदेश स्तरीय अस्पतालमा स्तर उन्नति गरि ट्रमा सेण्टर स्थापना गर्ने, ब्लड बैक स्थापना गर्ने, स्वास्थ बिमालाई प्रभाबकारी बनाउने नीति लिएको बताए । 

सुन्दर बजार नगारपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एबम अस्पतालकाका जग्गा दाता जयराम रेग्मीले अस्पताल २४ सै घण्टा सन्चालन गर्नु पर्ने बताउदै जग्गा प्राप्ति, भवन निर्माण लगायत अस्पतालको समग्र बिकासमा वडा र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सुन्दर बजार अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले अस्पतालमा तत्कालै ल्याब ,फार्मेसी,  र कप्युटर अप्रेटर भर्ना गर्नु पर्ने बताउदै ल्याबका मेसिनहरु शिघ्र खरिद गरिद गरि सेवा बिस्तार गर्ने बताए । उनले अस्पतालको आवश्यकता महसुस गरि प्राप्त भएको कुर्सीको सहि सदुपयोग भएको बताउउदै दाताहरु र चेयरको लागि पहल गर्ने श्रेष्ठ दाजुभाइ धन्यवाद दिए । 


प्रतिक्रिया