बेसीशहर, चैत ९ गते । चैतेदशैंको अवसरमा ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक गन्तब्य लमजुङको गाउँशहरमा आउँदो चैतेदशैंमा विविध कार्यक्रमका साथ चैतेदशैं सांस्कृतिक उत्सव हुने भएको छ ।
गाउँशहरको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व र जोगाउँदै गाउँशहर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी देश विदेशमा चिनाउन चैतेदशैं मेलाका साथ सांस्कृतिक उत्सव आयोजना गरिएको हो । बेसीशहर वडा नंं २ र ३ को आयोजना र गाउँशहरको लमजुङ कालिका युवा क्लवको संयोजनमा यही चैत २३ गते चैतेदशैं मेला तथा सांस्कृति उत्सव हुन लागेको हो । शाहवंशीय राजाहरूको उद्गमस्थल मानिने लमजुङको गाउँशहरमा हरेक बर्ष चैत्राष्टमीमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ । गाउँशहरको लमजुङ दरबारसंगै रहेकी कालिका भगवती शाहबंशकी कूलदेवीको रुपमा प्रसिद्ध छन् । मनोकामना पुरा गर्ने देवीको रुपमा हजारांै भक्तजनले यस मन्दिरमा आई पूजा आराधना गर्नुका साथै पञ्चबली दिने गर्छन् ।
कालिका मन्दिरसंगै रहेका धार्मिक एवं पुरातात्विक महत्वका शिवालय मन्दिर, गोरखनाथ मन्दिर, भीमसेन मन्दिर र काउलेपानी देवीको मन्दिर, राजा यशाबेह््रम शाहको शालिक, कसुण्ुडे ओडार, पुरानाकोटे गढी, शान्तिस्तूपा, चण्डीदेवी मन्दिर, र दलीत शिल्पी संग्राहलय गाउँशहरका अन्य आकर्षक गन्तब्यहरु हुन् । यिनै यहाँका धार्मिक , सांस्कृतिक र एेितहासिक धराहेरहरुसंग साइनो गास्ँन लमजुङ कालिका यथु क्लव गाउ“शहरले उेत्सवको चाँजोपाँजो मिलाउन लागेको हो ।
महोत्सव अन्तर्गत मैत्रीपूर्ण सेवेन ए साइड फुटबल प्रतियोगता पनि हुनेछ । प्रतियाेिगतामा पहिलो र दोस्रो हुने टीमका लागि क्रमशः नगद ५० हजार र ३० हजार पुरस्कार राखिएको छ । चैतेदेशंै मेला अन्तर्गत सांस्कृतिक झाँकी, छेलो प्रतियोगिता, लोक स्वर सम्राट राजु परियार, माया गुरुङ, उमा गरुङ, मञ्जु वि.क लगायत ख्यातिप्राप्त कलाकाहरुको सांगीतिक कायत्र्रmम तय गरिनुका साथै राती ठाडो भाकाको कार्यक्रम राखिएको छ ।
२०७० सालमा पहिलो पटक तीन दिनसम्म गाउँशहर महोत्सवको आयोजना गरी यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको (बाँकी पृष्ठ ३ मा) रुपमा विकास गर्न खोजिएको थियो । तर यसले मूर्त रुप लिन सकेन । गत बर्ष गाउँशहर र अहिलको बेसीशहर नगरपालिकाको वडा नं. ३ का उत्साही युवाहरुको पहलमा महोत्सव आयोजना गरिएकोमा यस बर्ष बेसीशहर वडा नंं ३ र २ को आयोजनामा उत्सवको तयारी गरिएको हो ।
विभिन्न जातिको मिश्रित बसोबास रहेको गाउँशहर सांस्कृतिक रुपमा उतिकै महत्वपूर्ण स्थान हो । नपोलकै उत्कष्ट हामेस्टको उपमा पाएको काउलेपानी होमस्टे गाउँशहरमै पर्छ । लमजुङकै जेठो विद्यालय लमजुङ माध्यमिक विद्यालयसमेत यही ठाउँमा पर्दछ ।
गाउँशहर बाईसी, चौबिसी र शाहवशंीय राज्य व्यवस्थाको इतिहाससँग जोडिएको ठाउँ हो । यसै स्थानबाट नेपाल एकीकरणको प्रादुर्भाव भएको मानिन्छ । तत्कालीन लमजुङका राजकुमार द्रब्य शाहले लिगलिग हुँदै गोरखा राज्यमा राज्य गरेका र उनका बंशज पृथ्वीनारायण शाहले गोरखाबाट नेपालको एकीकरण अभियान शुरु गरी कालान्तरमा विशाल नेपालको निर्माण सम्भव भएको थियो । ६ औं सताब्दीमा चौविसे राज्य अन्तर्गत पर्ने लमजुङ राज्यका दरबारका भग्नाबशष्ो र जीर्णअवस्थामा रहेको कोट अझै पनि गाउँशहरको सिरानामा पर्ने गढी (पुरानोकोट)मा देख्न सकिन्छ । हाल जिल्ला प्रहरी कार्यालय लमजुङमा रहेको स्थानमा समेत तत्कालीन राजाको दरबार रहेको मानिन्छ । तर त्यहाँका पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण हुन सकेन । ऐतिहासिकता, धार्मिक महत्व, प्राकृृतिक एवं सांस्कृतिक विविधतालाई प्रचार प्रसार गर्न मेला कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।
गाउशँहर प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ हो । यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण, लमजुङ हिमाल, मनासुलु, पिक २९, डा. हर्क पिक, हिमालचुली, बौद्ध हिमाल लगायत दर्जनौं हिमश्रृंखला आँखै अगाडि देखिन्छन् । गाउँशहरबाट नागबेली हुँदै सुसाउँदै बगेको मस्र्याबदी नदी र यसको किनारामा लमतन्न सुतेको, बेसीशहरको चित्ताकर्षक दृष्यावलोकन गर्न सकिन्छ ।
ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, भुजेल, साकीर्, दमै, कामी जातिको बसोबास यस क्षेत्रमा छ ।
लमजुुङको गाउँशहरस्थित कालिका भगवती मन्दिरमा हरेक बर्ष चैत्राष्टमीमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ । गाउँशहरको लमजुङ दरबारसंगै रहेकी कालिका भगवती शाहबंशकी कूलदेवी पनि हुन् । मनोकामना पुरा गर्ने देवीको रुपमा हजारौं भक्तजनले यस मन्दिरमा आई पूजा आराधना गर्नुका साथै पञ्चबली दिने गर्छन् ।
गाउँशहरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरहरुलाई चिनाउन लमजुङ कालिका युथ क्लव गाउँशहरले महोत्सवको चाँजोपाँजो मिलाएको छ ।
चैतेदशैं मेला अन्तर्गत मैत्रीपूर्ण फूटबल, छेलो प्रतियोगिता, आमा समूहको नृत्य, आठ पिर्के रोटेपिङ, कालिका भगवती दर्शन, गोरखनाथ मन्दिर दर्शन, शिवालय, भीमसेन मन्दिर तथा काउलेपानी देवी दर्शन, पुरानोकोट शान्ति स्तुपा एवं जलदेवी मन्दिर दर्शन, पुरानोकोट गढीको दृष्यावलोकन, ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति, सांस्कृतिक झाँकी मेलाका आकर्षण हुनेछन् ।
खबरकुञ्ज