कांग्रेस वैठकमै महामन्त्री गगन थापाकाे जन्मदिन मनाइयाे, देउवाले खुवाए केक

काठमाडाैं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ ।

पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा तीनदिनदेखि जारी वैठककाे अन्त्यमा महामन्त्री थापाको जन्मदिन मनाइएकाे हाे । 

बिहीबारकाे वैठककाे अन्त्यमा मनाइएकाे जन्मदिनसमेत प्रत्यक्ष प्रसारणमा देखाइएकाे थियाे । वैठककाे अन्त्यमा अर्का महामन्त्री विश्वप्रकास शर्माले थापाकाे जन्मदिनबारे जानकारी गराएका थिए । लगत्तै सभापति देउवा लगायतका नेताहरूले महामन्त्री थापालाइ खादा लगाइदिएका थिए ।

केहीबेरपछि  महामन्त्री थापाले जन्मदिनकाे केक काटेर प्लेटमा राखे । थापाकाे हातबाट थाेरै केक सभापति देउवाले लिए र थापालाइ खुवाए । थापालाइ खुवाएपछि देउवाले पनि थाेरै केक खाएका  थिए । त्यसपछि अरू नेताहरूले महामन्त्री थापालाइ केक खुवाउँदै जन्मदिनकाे शुभकामना दिएका थिए ।

जन्मदिनकाे भिडियाे हेर्नुहाेस् ।


कांग्रेसले यसपटककाे केन्द्रीय समिति वैठककाे प्रत्यक्ष प्रसारण गरिरहेकाे छ । सभापति देउवाकै प्रस्तावमा वैठककाे प्रत्यक्ष प्रसारण भएकाे हाे । याे नेपाली राजनीतिक दलकै इतिहासमा पहिलाे घटना पनि हाे । वैठक जारी छ ।

(समाचारमा प्रयाेग भएकाे फाेटाे भिडियाे नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकाेटीकाे फेसबुकबाट लिइएकाे हाे ।)

 

प्रतिक्रिया