तीनपिप्ले, असोज १५ । ३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आज राइनासमा ज्येष्ठ नागरिकको सम्मान गरिएको छ ।
यस अवसरमा राईनासको वडा नं ५ निवासी १ सय बर्षका गिरीराज कंडेललाई सम्मान गरिएको हो । सर्वोदय सेवाश्रम र जेष्ठनागरिक समाज राइनास वडा नं ४, ५ र ६ को संयुक्त आयोजना तथा राईनास नगरपालिकाको सहयोगमा ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा सताब्दी पुरुष गिरीकै घरमा पुगेर उनलाई सम्मान गरिएको थियो । यस क्रममा राईनासका नगर उपप्रमुख पुष्पराज खनालले गिरीलाई दोसल्ला, रुद्राक्ष माला लगाई फलफूल र दहि सगुन दिएर दिवसको शुभारम्भ गरेका थिए ।

दिवसको औपचारिक कार्यक्रम मंगलबार दिउसो राईनास नगरपालिकाको सभाहलमा नगरस्तरिय जेष्ठ नागरिक भेला आयोजना भएको थियो । जेष्ठनागरिक समाज तीनपिप्लेका अध्यक्ष मुक्तिनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख पुष्पराज खनालले कार्यक्रमका सहभागी वरिष्ठ ज्येष्ठ नागरिक बुद्धिमान श्रेष्ठलाई रुद्राक्ष माला लगाएर कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि खनाल, प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेल, वडा नं –४ का वडा अध्यक्ष बलराम पराजुली, वडा नं ५ का अध्यक्ष शंखबहादुर सार्की, समाजसेवीहरु मातृका प्रसाद खनाल, तोयानाथ भट्ट ,राईनासका कार्यपालिका सदस्य शुक बहादुर बिक , कुबिर रानाभाट, चक्रतिर्थ जेष्ठनागरिक समाजका अध्यक्ष डम्बर सिं गुरुङ , धमिलिकुवा जेष्ठनागरिक समाजका उपाध्यक्ष रेशम परियार लगायतले मन्तब्य राखेका थिए ।

चक्रतिर्थ जेष्ठ नागरिक समाजका सचिव पध्मराज कंडेल ज्युले स्वागत गरेका कार्यक्रममा धमिलिकुवा भजन समूहका हरिप्रसाद चिलुवालको समुहबाट भजन प्रस्तुत गरिएको थियो ।
सो अवसरमा आयोजक संस्था सर्बोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले ज्येष्ठ नागरिकहरुको अवस्था, परिवार, समाज र राज्यको दायित्वका बिषयमा प्रशिक्षणात्मक सहजिकरण गरेका थिए ।
खबरकुञ्ज