सत्तारूढ गठबन्धनले कोशी प्रदेशका सभामुख बाबुराम गाैतमलाइ राजीनामा गराएर प्रदेश सरकार गठनका लागि बहुमतसहित दावी पेश गरेकाे छ ।
गठबन्धनले मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाइ अघि सारेकाे हाे । थापाकाे समर्थनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ गरी ४७ सांसद छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरे अनुसार गठबन्धनले बहुमत जुटाउन सभामुख गाैतमलाइ राजीनामा दिन लगाएकाे हाे । बहुमत पुगेका कारण थापााप मुख्यमन्त्री बन्ने छन् । यसअघि सभामुखकाे समेत समर्थनमा थापा मुख्यमन्त्री बनेकामा सरकार गठनमा सभामुखकाे हस्ताक्षर कानुन विपरित भएकाे भन्दै सर्वाेच्चले थापाकाे नियुक्ति बदर गरिदिएकाे थियाे ।
1 Aug 2023