बेसीशहर, असार १७ गते । लमजुङको प्रसिद्ध धार्मिकस्थल मेमेपोखरी नजिकै तीर्थयात्रीहरुको सुविधाका लागि धर्मशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
धार्मिक रुपले महत्वपूणर् र प्राकृतिक रुपमाले मनोरम मेमेपोखरीमा यात्रा गर्ने तीर्थयात्रीहरुलाई बास बस्न तथा खाना पकाउन सहज होस भनि दोर्दी गाउँपालिकाले धर्मशालाको निर्माण शुरु गरको हो ।
दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले धर्मशाला निर्माणका लागि दोर्दी गाउँपालिकाले चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
बर्षौंदेखि धार्मिक तथा पर्यटकीय महत्वको मेमेपोखरी जाने तीर्थयात्रीहरुलाई बास बस्न समस्या भइरहेकोले उनीहरुको सहजताका लागि धर्मशालाको निर्माण गरिएको उनले बताए । धर्मशालाको निर्माणपछि तीर्थयात्रीका साथै मेमे पोखरी अध्ययन अवलोकन गर्न र घुम्न जाने पर्यटकका लागि समेत सजिलो हुने अपेक्षा गरिएको छ ।
लमजुङको उत्तरपूर्वी क्षेत्रमा पर्ने मेमे पोखरीमा हिमालचुली र बौद्ध हिमालको काखमा अवस्थित छ । ४ हजार ५ सय मिटरको उचाइमा रहेको यो पोखरीमा हरेक बर्ष जनैपूणर्िमामा यहाँ भब्य मेला मेला लाग्ने गर्छ । बेसीशहरबाट हिलेटक्सार, पुरानो दुवार, बराहपोखरी हुँदै पुगिने मेमे पोखरी सहासिक र रोमाञ्चकारी पर्या पर्यटनको केन्द्र समेत हो ।
मेमेपोखरीमा जनैपूणर्िमामा गएर नुहाउने र पूजा अर्चना गर्नाले मनोकामना पुरा हुने र सम्पूणर् पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।
मिलन शर्मा दनाई