राइनास, माघ १ गते । लमजुङकाे राइनास नगरपालिका वडा नंं ६ धमिलीकुवामा साेमबारदेखि तेस्राे राइनास कप फुटबल प्रतियाेगिता शुरू हुँदैछ । राईनास नगरपालिका–६, स्थित गौलीटार क्षेत्रिय खेलमैदान समितिले राईनास कपको तेश्रो संस्करण गर्न लागेकाे हाे ।
गौलीटार क्षेत्रिय खेलमैदान समितिका अध्यक्ष किरण श्रेष्ठले राइनास कपमा १६ वटा टिमकाे सहभागिता रहने जानकारी दिए । साेमबार दिउसाे १ बजे प्रतियाेगिताकाे उद्घाटन खेल हुने उनले बताए । उनका अनुसार उद्घाटन खेलमा राइनास ११ र बाैद्ध हिमाल युवा क्लबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियाेगितामा समूह कबाट राइनास ११ बाैद्ध हिमाल युवा क्लव, तार्कुघाट युनेस्काे, सनराइज युथ क्लव, चेपे आदेश युवा क्लव, राइजिङ स्टार युवा क्लव, नविकरण युवा क्लव र बुद्ध युथ क्लव भाेटेओडार खेल्नेछन् ।
समूह ख मा कालिका युवा क्लव, नेपाल भानु युनाइटेड क्लव, सभ्य सिर्जना युवा क्लव, सुन्दरबजार युवा क्लव, राेयल फ्रेण्डसिप लमजुङ, चक्रतीर्थ युवा क्लव, रूद्रदेवी युवा क्लव र मर्स्याङदी युवा क्लव (हवाइमैदान) छन् ।
प्रतियोगिताको विजेताले नगद तीन लाख सहित कप,स्वर्ण पदक र प्रमाणपत्र पाउनेछ । गतवर्ष प्रतियोगिताको उपाधी दुई लाख रुपैया रहेकाेमा यस बर्ष पुरस्कार राशीमा बृद्धि गराइएकाे हाे । उपविजेताले नगद २ लाखको साथमा, कप, रजत पदक र प्रमाणपत्र पाउने छ । प्रतियाेगिताकाे सेमिफाइनल पुग्ने दुई टिमले नगद ३०/३० हजार रुपैयाँ नगद पुरस्कार पाउने अध्यक्ष श्रेष्ठले वताए ।
यसबाहेक प्रतियाेगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समेत जनहि नगद ७ हजार ५ सय पाउने छन् ।प्रतियाेगितामा हरेक खेलमा म्यान अफ द म्याच घोषणा गरी एकहाजर रुपैया पुरस्कार दिईने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।