दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीनजनाको मृत्यु

धनगढी । बझाङमा मंगलबार दिउसाे गाडी दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीनजनाको मृत्यु भएको छ ।

मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउापालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेर दुर्घटनाग्रस्त भएकाे थियाे ।

दुर्घटनामा मन्त्रीपत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहकाे समेत मृत्यु भएको सुदुरपश्चिम प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा परी सख्त घाइते भएका मन्त्री सिंहसहित उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि हेलिकाेप्टरबाट नेपालगन्ज लगिएकोमा उपचारका क्रममा सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

सिंहसँगै नेपालगञ्ज लगिएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको उपचार भइरहेको छ ।

प्रतिक्रिया