धारिलाे हतियार प्रहार गरी चितीमा एक महिलाकाे हत्याः एक जना पक्राउ

खबरकुञ्ज

बेसीशहर, साउन ३० गते । लमजुङको चितीमा एक महिलाको हत्या भएको छ । बेसीशहर नगरपालिका वडा नंं ११ को तिवारीडाँडा निवासी ६२ वर्षिया सानु नानी घर्तीको गएराती हत्या भएको हो । 

उपचारका लागि बुधवार काठमाडौं जाने तयारी गरिरहेकी उनको शब आज बिहान घरको आँगनमा भेटिएको हो । मंगलबार आफू काठमाडौं जाने भएकाले लिन आउनु भनि स्थानीय एक बोलेरो जीपका चालकलाई खबर गरेकी उनलाई लिन जीप चालक आज बिहान का लागि जीपलाई खबर गरेकी थिइन् । जीप चालक उनलाई लिन बिहान ७ बजेतिर उनको घर जाँदा उनको मृत शरीर आँगनमा लडिरहेको अवस्थामा भेटिएको थियो । जीप चालकले यसबार गाउँलेहरुलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।


मृतक घर्तीको टाउको, मुख लगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको चोटको निशान देखिएकोे छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनको हत्या मंगलबार राती गरिएको देखिएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको छ । मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । 

मृतक घर्ती घरमा एक्लै थिइन् । उनका छोरा वैदेशिक रोजगारीमा र बुहारी र छोरी काठमाडौंमा बस्दै आएको बुझिएको छ ।

प्रतिक्रिया