काठमाडौं । अबरूद्ध संसदकाे वैठक खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलकाे आह्वानमा मंगलबार बिहान सर्वदलीय वैठक बसेको छ । वैठकमा नेकपा एमाले भने सहभागी भएन ।
गत साउन १० गतेदेखि नेकपा एमालेले लगातार संसद वैठक अबरूद्ध गर्दै आएकाे छ । आज पनि वैठक बाेलाइएकाे छ । आजकाे संसद् बैठक अगाडि राष्ट्रपति पाैडेलले राष्ट्रिय दलकाे मान्यता पाएका सबै दलका शीर्ष नेताहरूलाई शीतल निवासमा डाकेका थिए ।
बैठकका क्रममा राष्ट्रपति पौडेलसमक्ष दलका नेताहरूले संसद्को अवरोध खोल्नेदेखि देशको आर्थिक स्थितिलगायतका समसामयिक विषयमा धारणा राखेका थिए। बैठकमा राष्ट्रपतिले आफूलाई नेपालको संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको धारणा व्यक्त गरेका थिए। राष्ट्रपतिले जनताका यावत् समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुने भएकाले दललहरुको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खबरबाट सन्तोष मिलेको बताएका थिए ।
अबरूद्ध संसद खाेल्ने बिषयमा साेमबार बेलुका प्रधानमन्त्रीले पनि प्रमुख दलका नेताहरूलाइ बाेलाएर वैठक गरेका थिए । वैठकमा सुन तस्करीका बारेमा उच्चस्तरीय आयाेग बनाउन सरकार तयार भएपछि नेकपा एमाले पनि संसदकाे अबराेध हटाउन तयार भएकाे थियाे ।
