रास्वपाकाे ऐतिहासिक लमजुङ जिल्ला भेला, सभापतिमा अशाेक सापकाेटा

खबरकुञ्ज

बेसीशहर, मंसिर २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले आफ्नो पहिलो ऐतिहासिक जिल्ला भेला बेसीशहरमा सम्पन्न गरेको छ ।

जिल्ला भेलाले अशोक सापकोटाको नेतृत्वमा जिल्ला समितिको पुनर्गठन गरेको छ । देशभर संगठन सुदृढिकरणका लागि जिल्ला समिति गठनको अभियानमा रहेको रास्वपाले लमजुङमा शनिबार पार्टीका नेताहरु कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शिशिर खनाल र गण्डकी प्रदेशका सभापति राजन गौतम लगायतका नेताहरुको उपस्थितिमा जिल्ला भेला गरी जिल्ला समिति पुनर्गठन गरेको हो ।

पुनर्गठित जिल्ला समितिको सपभातिमा जुझारु एवं युवा नेता अशोक सापकोटा चयन भएका छन् । जिल्ला संयोजक धर्म केसीले केन्द्रीय संगठन विभाग सम्हाल्ने भए पछि यसअघि जिल्लामा उपसंयोजक रहेका सापकोटा जिल्ला पार्टी सभापति चयन भएका हुन् ।

भेलाले जिल्ला कार्य समितिको उपसभापतिमा प्रकास थापालाई चयन गरेको छ । बेसीशहर नगरपालिकाको वडा नंं ६ का वडाध्यक्ष समेत रहेका थापा कुशल संगठक पनि हुन् । त्यसैगरि जिल्ला समितिका सचिवमा रमा कुँवर खड्का र सहसचिवमा बाबुराम अधिकारी चयन भएका छन् ।

जिल्ला समितिको सदस्यमा विजय रञ्जन पौडेल, होमबहादुर राउत, सोबिता बराल, मीना खड्का र धनबहादुर गुरुङ चयन भएका नवनिर्वाचित सभापति अशोक सापकोटाले जानकारी दिए ।

जिल्ला संयोजक धर्म केसीको सभापतित्वमा भएको जिल्ला भेला भएको थियो । जिल्ला भेला अघि सयौं रास्वपा कार्यकर्ताहरुले बेसीशहर बजारमा ¥याली निकालेका थिए । 


प्रतिक्रिया