बेसीशहर । सडकमा रूख ढलेपछि अबरूद्ध भएकाे डुम्रे बेसीशहर सडक खण्ड सुचारू भएकाे छ ।
बिहीबार दिउसाे याे सडकअन्तर्गत तनहूँकाे तुरतुरे खण्डमा रूख ढले पछि सडक यातायात अबरूद्ध भएकाे थियाे ।
तुरतुरेकाे पेट्राेल पम्प भन्दा केही अगाडि घुम्तीमा रूख ढलेर सडकमा खसेपछि सडक अबरूद्ध भएपछि बेसीशहरबाट डुम्रेतर्फ र डुम्रे हुँदै बेसीशहर जाने सवारीहरू तुरतुरेमा राेकिएका थिए । सडक विभाग, प्रहरी र स्थानीयकाे सक्रियतामा सडकमा खसेकाे रूख कटानी गरी बेलुकाबाट यातायात सुचारू गराइएकाे हाे ।
13 Jul 2023