त्रिवेणी कपः सेमीफाइनलका लागि त्रिवेणीसंग अभिषेक चर्च र आर्मीसंग बीवाइसी भिड्दै

खबरकुञ्ज

बेसीशहर, पुस १८ । ३२ औं त्रिवेणी कप राष्ट्रब्यापी नकआउट प्रतियोगिता अन्तर्ग आज सेमीफाइनलका दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा आयोजक त्रिवेणी युवा क्लवले अभिषेक चर्च रजहरसंग र दोस्रो खेलमा बीवाइसी भोटेओडारले विभागीय टीम त्रिभुवन आर्मी क्लवको सामना गर्दैछन् । 

प्रिक्वार्टर फाइनलमा त्रिवेणीले सुन्दरबजार फुटबल क्लवलाई र बीवाइसीले मर्स्याङदी युवा क्लवलाई पराजित गरी अन्तिम ८ मा स्थान बनाएका हुन् । 

अभिषेक चर्चले प्रिक्वार्टर फाइनलमा काठमाडौंको संकटा क्लवलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो भने आर्मीले सामना युथ क्लव तुरतुरेलाई पराजित गरेको हो । आजको क्वार्टर फाइनलमा विजयी हुने टीम प्रतियोगिताको दावेदार बन्ने छन् ।

तर आजको खेल खेल कुनै पनि टिमलाई सहज छैन । सबै टीमसंग बलिया प्रतिस्पर्धी भएकाले खेल यसैले जित्छ भन्न सकिने अबस्था छैन । खेलाडीहरु कौशलता र टीमको रणनीतिले खेलमा ठूलो प्रभाव पार्ने छ । यद्यपी खेलमा दर्शकको समर्थनले पनि धेरथोर काम गर्ने भएकाले आज घरेलु टीमका लागि दर्शकको हुटिङ चर्कै हुने अनुमान छ । 

आजको खेलमा लमजुङमा फुटबलको विकासमा क्रियाशील रही जिल्लाबाहिर पनि नाम कमाएका त्रिवेणी र बुद्ध युथ क्लव (बीवाइसी)ले फूलाई प्रमाणित गर्ने दिन भएकाले आजको त्रिवेणी कप अन्तर्गतका खेलहरु महत्वपूर्ण मानिएका छन् ।

आजको खेलमा यी दुवै टीमले घरेलु समर्थकको भरपुर साथ पाउने छन् । समर्थकको साथले मात्र खेल जित्ने त हुँदैन, तर समर्थकहरुबाट प्राप्त हुने हौसलाले खेलाडीहरुलाई ठूलै उत्साह भर्न सक्ने भएकाले खेलमा घरेलु टीम हाबी हुन सक्नेछन् ।

लमजुङका फुटबल प्रेमीहरुले आजको खेललाई ३२ औं त्रिवेणिकप कै आकर्षक खेल पनि भनेका छन् । 

प्रतिक्रिया