बेसीशहरमा रास्वपाकाे सरसफाइ अभियान (फाेटाे फिचर)

बेसीशहर । हरेक हप्ता शनिबार बेसीशहर बजारका विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार बेसीशहर नगरपालिकाकाे कार्यालय लगायत विभिन्न स्थानमा सरसफाइ गरेकाे छ ।

रास्वपा बेसीशहर नगर कमिटी अन्तर्गत वडा नं ८ ले प्रत्येक शनिबार सामजिक कार्यलाई अभियानको रूपमा लैजाने निर्णय गरे अनुसार सरसफाई गरिएकाे हाे । वडा कार्य समितिका सभापति ध्रुब ढकालकाे नेतृत्वमा रास्वपाका सदस्यहरूले बेसीशहरकाे वडा नंं ८ स्थित नगरपापलिका कार्यालय, मालपाेत चाेक, प्रगति टाेल प्रशासन चाेकलगायतकाे स्थानमा सरसफाइ गरेका हुन् ।



सरसफाइका क्रममा बेसीशहर नगरपालिका कार्यालय परिसर र कार्यालयकाे गेट बाहिरबाट निकै धेरै फाेहाेर उठाइएकाे सरसफाइ अभियानमा सहभागीले बताए ।


सरसफाइ अभियान निरन्तर सञ्चालन हुने रास्वपा बेसीशहर वडा नं. ८ कार्य समितिका सभापति ध्रुब ढकालले बताए ।

प्रतिक्रिया