माघको दोस्रो सातादेखि नवौं लमजुङ महोत्सव आयोजना हुने

खबरकुञ्ज

बेसीशहर, पुस ३ गते । यही आउँदो माघको दोस्रो सातादेखि लमजुङमा नवौं लमजुङ महोत्सव आयोजना हुने भएको छ ।

लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा आउँदो माघ ८ देखि २० गतेसम्म नवौं लमजुङ महोत्सव आयोजना गरिएको हो । मंगलबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष भरत कुमार श्रेष्ठले बेंसीशहरको सहजी खेलमैदानमा महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।

महोत्सव सफल र ब्यवस्थित बनाउनका लागि संघका अध्यक्ष भरतकुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति र बिभिन्न १४ वटा उपसमितिहरु गठन गरिएको उनले जानकारी दिए ।  । महोत्सवमा २ सयभन्दा बढी स्टल राखिने र ती स्टलहरुमा जिल्लामा उत्पादन हुने स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगका सामग्रीको बिशेष प्रदर्शन र बिक्री गरिने छ । 

स्थानीय उद्योग, व्यापार तथा व्यवसायको प्रबद्र्धन गरी जिल्लालाई आर्थिक रूपमा सशक्त र गतिशील बनाउने उद्देश्य महोत्सबको छ । यसका साथमा जिल्लाको कला, संस्कृतिको संरक्षण तथा प्रचारप्रसार गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी लमजुङलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगका स्टल, हस्तकला, जडीबुटी, खाद्य परिकार तथा स्थानीय उत्पादनका प्रदर्शनीका साथमा औद्योगिक, व्यापारिक तथा व्यवसायिक प्रदर्शनी, धार्मिक तथा सांस्कृतिक झाँकी, खेलकुद, बाल उद्यानका साथमा स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति महोत्सवका आकर्षण रहने छन् । 

लमजुङ उद्योग बाणिज्य संघको स्थापनाको स्वर्ण जयन्ती पनि यही पुस २६ गते मनाउन लागेको संघका महासचिव विपिन श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा महोत्सव सञ्चालनका लागि १ करोड २० लाख रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरिएको छ । करिब डेढ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठले बताए । म

महोत्सवको टिकटबाट संकलन हुने रकममध्ये ट संकलित प्रतिटिकट १० रुपैयाँ विपद् कोषमा जम्मा गरिने छ । त्यस्तै आदर्श महिला तथा बालविकास केन्द्र, मानवसेवा आश्रम, सर्वोदय ज्येष्ठ नागरिक आश्रम र नेपाल पत्रकार महासंघ लमजुङको सचिवालय सञ्चालनका लागि २र२ रुपैयाँ छुट्याइने छ ।

प्रतिक्रिया