नमुना अस्पतालमा दन्त स्वास्थ्य एवं फिजियोथेरापी सम्बन्धी निःशुल्क शिविर

खबरकुञ्ज

बेसीशहर, भदौ २९ गते । लमजुङको सुृन्दरबजारमा रहेका नमुना सामुदायिक अस्पतालमा निःशुल्क दन्त स्वास्थ्य एवं फिजियोथेरापी सम्बन्धी शिविर शनिबार सम्पन्न भएको छ ।

शिविरमा अस्पतालका दन्तरोग बिशेषज्ञ चिकित्सकहरुले दाँतको निःशुल्क चेकजाँच, उपचार एवं परामर्श दिएका थिए । यसैगरि अस्पतालमै आयोजना गरिएको फिजियोथेरापी सेवामा ढाड तथा कम्मरको दुखाई, नसा च्यापिएको, हातखुट्टा झमझमाउने, गर्धन, कुम, कुहिनो, ढाड, घुँडा दुखेको तथा अन्य हाडजोर्नीका समस्याहरुको निःशुल्क उपचार सेवा तथा परामर्श दिइएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।


निःशुल्क उक्त शिविरमा ७२ जना पुरुष र १२२ जना महिला गरी १८४ जनाले सेवा पाएका थिए । शिविरमा सुन्दरबजार नगरपालिकाका, मध्यनेपाल नगरपालिका र तनहूँको भानु नगरपालिकाका नागरिकहरु लाभान्वित भएका थिए ।


प्रतिक्रिया