सुन तस्करी प्रकरणमा महरापुत्र राहुल पक्राउ

काठमाडौं । सुन तस्करसंग सम्बन्ध देखिएकाे भनिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छाेरा राहुल महरा पक्राउ परेका छन् ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएकाे सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाइ नियन्त्रणमा लिएको हाे ।

गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको अनुसन्धानबाट खुले पनि उनलाइ कारबाही नगरिएकाेमा धेरैले अचम्म मानिरहेका थिए । सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा दायर नगरेपछि यस बिषयमा सार्वजनिक रूपमा बिराेधका स्वरहरू अाइरहेका थिए । सुन तस्करी प्रकरणमा नेता कृष्णबहादुर महराकाे नाम समेत मुछिएकाे छ ।

प्रतिक्रिया