अनुसन्धानमा मेराे नाम जोडिएर आए मलाइसमेत हत्कडी लगाए हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफू स्वयंलाइसमेत हत्कडी लगाए हुने बताएका छन् ।

नेकपा माओवादी केन्द्रकाे बाग्मती प्रदेश कमिटी वैठकमा बाेल्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले सुन तस्कारी काण्डमा आफू र आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका हुन् । पार्टीका नेता कृष्णबहादुर महरा र उनका छाेराहरू निर्मल र राहुलकाे समेत सुन तस्करसंगकाे टेलिफाेन सम्पर्क भएकाे भनि समाचार आएपछि प्रधानमन्त्रीकाे यस्ताे भनाइ आएकाे हाे ।

सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा प्रचण्डले नाम जोडिए आफैंलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनि बताएका हुन् । उनले अनुसन्धानका क्रममा परिवार वा पार्टीकाे भए पनि कसैले उन्मुक्ति नपाउने भन्दै महराकाे हकमा पनि अनुसन्धान हुने बताएका हुन् ।

प्रधानमन्त्रीकाे यस्ताे भनाइ आएपछि सुन तस्करी काण्डमा महरामाथि पनि अनुसन्धान हुने अपेक्षा गरिएकाे छ ।

प्रतिक्रिया