काठमाडाैंमा समाजवादी मोर्चाकाे घोषणा सभा

काठमाडौं । सरकारकाे नेतृत्व गरिरहेकाे नेकपा माओवादी केन्द्रसहित चार राजनीतिक दलले साेमबार काठमाडाैंमा समाजवादी मोर्चाकाे घोषणा गरेका छन् ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै माेर्चाकाे घाेषणा गरेका हुन् । 

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

माेर्चा गठनपछि प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुने भएका छन् । अहिले संसदमा माओवादीका  ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने बताइएकाे छ । यद्यपी माेर्चा गठनका लागि सबै भन्दा पहिले प्रस्ताव राख्ने नेसपा अध्यक्ष बाबुराम भट्टराइ जसपा अध्यक्ष उपेन्द्र यादवकाे अबराेधले माेर्चामा सहभागी हुन सकेनन् ।

कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत उपस्थित थिए । हस्ताक्षरपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले ७ बुँदे प्रतिबद्धता पत्र पढेर सुनाएका थिए। 

 याे समाचार तयार पार्दासम्म घाेषणा सभा चलिरहेकाे छ ।

प्रतिक्रिया