काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ पत्नीशाेक परेकाे छ । लामाे समयदेखि जटिल राेगबाट थलिएकी प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान निधन भएको छ । उनकाे आज बिहान करिब साढे ८ बजे निधन भएको हो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि आजै बिहान सीतालाइ उपचारका लागि काठमाडाैंकाे नर्भिक अस्पतालमा भर्ना गरिएकाे थियाे ।
प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) राेगबाट पीडित सीता दाहाल बिरामी भइ ओछ्यान परेकाे लामाे समय भएकाे थियाे । याे राेगले मानिसको स्नायु प्रणालीमा असर गर्ने बताइन्छ । रोगका कारण उनी हिँडडुल पनि गर्न नसक्ने अवस्थामा थिइन् । स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गराउँदा समेत निकाे नभएपछि उनलाइ घरमै राखि उपचार गरिएकाेमा आज बिहान अवस्था गम्भीर भएपछि नर्भिकमा लगिएकाे थियाे ।
प्रधानमन्त्री दाहाल अहिले नर्भिक अस्पताल पुगेका छन् ।
छाेरा प्रकास दाहालकाे निधनपछि थलिएकी सीता दाहालले तत्कालीन माअाेवादीले सञ्चालन गरेकाे जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।