पोखरा । गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा २५ शय्या क्षमताको डायलासिस केन्द्र स्थापनालाई १ सय दिनकाे मुख्य उपलब्धी रूपमा ब्याख्या गरेकाे छ ।
शनिबार पाेखरामा प्रदेश सरकारकाे १०० दिनको उपलब्धी सार्वजनिक गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारकाे नीति तथा कार्यक्रम र बजेट पारित हुनुलाइ पनि सरकारकाे मुख्य उपलब्धी भएकाे बताए । सरकारका उपलब्धी सार्वजनिक गर्ने क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा मृगौला राेगका बिरामीले डायलासिस गर्न पालो कुर्न नपर्ने बनाउन २२ वटा डायलासिस मेसिन किनिएको र स्याङ्जा, पर्वत, लमजुङ, तनहुँ, नवलपरासी पूर्वमा दुई÷दुई वटा मेसिनबाट सेवा सुरु गर्ने अन्तिम चरणमा पुगेको पनि बताए । उनले थप १५ वटा डायलासिस मेसिन खरिन गर्ने कार्यविधि पनि अन्तिम चरणमा पुगेको जनएका छन् ।

मुख्यमन्त्री कार्यालयले पाेखरामा मुख्यमन्त्री पाण्डेको सक्रियतामा सबै प्रदेशका मुख्यमन्त्रीको भेला गरी १७ बुँदे धारणा सार्वजनिक गरेको र पोखरामै राष्ट्रिय समन्वय परिषदको बैठक गर्नुलाई पनि उपलब्धीकाे रूपमा राखेकाे छ । प्रदेश सरकारले पशुहरुमा लाग्ने लम्पी स्किन रोग रोकथामका लागि औषधी खरिद गरी जिल्लाजिल्लामा पठाएको बिषयलाइ पनि १ सय दिनको उपलब्धी मानेकाे छ ।
गण्डकी प्रदेश सरकारका मुख्य उपलब्धी पिडिएफमा हेर्न यहाँ क्लिक गर्नुहाेस् ।