न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै लाखाैं ठगी गर्ने लमजुङका दुइ युवा काठमाडाैंमा पक्राउ

खबरकुञ्ज

बेसीशहर, फागुन १५ । न्युजिल्याण्ड पठाइदिने प्रलाेभन दिएर सर्वसाधारणसंग लाखाैं ठगी गरेकाे अभियाेगमा लमजुङका दुइजना युवा काठमाडाैंमा पक्राउ परेका छन् ।

काठमाडाैं उपत्यका अपराध अनुसन्धान विभागले लमजुङकाे दाेर्दी गाउँपालिका वडा नं. ७ घर भइ हाल काठमाण्डौं महानगरपालिका वडा नं. ४ चन्डोल बस्ने बर्ष ३० का रेशम गुरुङ र ३० बर्षिय गंगा गुरूङलाइ पक्राउ गरेकाे हाे ।

उनीहरूले बेराेजगार युवाहरूलाइ वैदेशिक रोजगारीको लागि न्युजिल्याण्ड पठाईदिने प्रलाेभनमा लाखाैं रूपैयाँ ठगी गरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उनीहरूले न्युजिल्याण्डमा प्रतिष्ठित कम्पनीमा प्याकिङकाे काम लगाइदिने र मासिक डेढ लाख रूपैयाँ तलब पाइने भन्दै प्रतिब्यक्ति १३ लाख रूपैयाँ सम्म असुल गर्ने गरेकाे प्रहरी अनुसन्धानमा देखिएकाे छ ।

पक्राउ परेका युवाहरूले विश्वास दिलाई प्रलोभनमा पारी सुरेन्द्र गिरी लगायतका ब्यक्तिबाट पटक पटक गरी जम्मा रु. १२ लाख ७० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेपछि उनकाे उजुरीका आधारमा काठमाडाैं उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएकाे प्रहरी टोलीले उनीहरूकाे खोजतलास गर्ने क्रममा आइतबार दिउसाे २ बजे काठमाडाैंकाे चण्डाेलबाट पक्राउ गरेकाे हाे ।

पक्राउ परेका उनीहरूलाइ थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको विभागले जनाएकाे छ ।

प्रतिक्रिया