काठमाडौं । पत्नी बियाेगमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अबका तीन दिन कुनै पनि औपचारिक कार्यक्रममा नजाने भएका छन् ।
प्रधानमन्त्रीकाे सचिवालयले सबै औपचारिक कार्यक्रम तीन दिनका लागि स्थगित गरिएको जानकारी दिएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द आचार्यले तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।
स्वर्गिय सीता दाहालकाे बुधवार बिहान निधन भएकाे थियाे । बुधवार नै पशुपति आर्यघाटमा उनकाे अन्तिम संस्कार गरिएकाे छ ।
यतिबेला प्रधानमन्त्री दाहाललाइ समवेदना दिन आउनेहरूकाे भीड छ । प्रधानमन्त्री दाहालले समवेदना ब्यक्त गर्न आउने सबैलाइ धन्यवाद दिएका छन् । यस दुःखद् घडीमा सान्त्वना दिन र समवेदना दिन आउनेहरुकाे भीड बढेसंगै बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट गर्ने तालिका बनाइएकाे छ ।
13 Jul 2023