समीभञ्ज्याङकाे मगरगाउँमा शुरूभयाे लाफा हाेमस्टे

बेसीशहर ३० फागुन  । लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नं. ५ समीभञ्ज्याङकाे मगरगाउँमा लाफा हाेमस्टेकाे शुरूवात गरिएकाे छ । 

प्राकृतिक सुन्दरतासंगै समीभञ्ज्याङकाे मगर समुदायकाे संस्कार, कला र संस्कृतिकाे संरक्षण सम्बर्द्धन गर्दै स्थानीयकाे आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले त्यहाँ लाफा हाेमस्टेकाे शुरूवात गरिएकाे हाे । मध्यनेपाल नगरपालिकाकाे सहयाेगमा शुरू गरिएकाे हाेमस्टेकाे हालै एक समाराेहबीच मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले  उद्घाटन गरेका छन् ।


मध्यनेपाल नगरपालिका धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वकाे क्षेत्र समेत रहेकाे र विभिन्न जातजातिका कला संस्कृतिकाे संरक्षण गर्दै स्थानीयकाे र्थिक अवस्थामा समेत टेवा पुर्याउन मगरगाउँमा घरबास कार्यक्रम सञ्चालनमा नगरपालिकाले सहयाेग गरेकाे मेयर पाण्डेले बताए । उनले संगठित भएर गाउँका कला संस्कृतिकाे संरक्षण गरी पर्यटक आकर्षण गर्न सके गाउँकाे प्रचार प्रसारका साथै स्थानीयकाे य र्जनमा समेत सहयाेग पुग्ने बताए ।


लाफा मगरगाउँमा २५ घरमध्ये हाललाइ ९ घरमा हाेमस्टेकाे ब्यवस्था मिलाइएकाे छ । एक घरमा ४ जनासम्म पाहुना राख्न सक्ने गरी गण्डकी प्रदेश सरकारकाे हाेमस्टे कार्यविधि अनुसार हाेमस्टेकाे पूर्वाधार तयार गरिएकाे हाेमस्टे सञ्चालक बालकुमार जाेशीले बताए । जाेशीका अनुसार हाेमस्टेमा उने पाहुनालाइ मगर संस्कृति अन्तरगत मगरबाजा, काैंरा, चुड्का, साेरठी लगायतका सांस्कृतिक नृत्य देखाइन्छ । खानाकाे हकमा पाहुनाहरूले सामान्यतया रैथाने खानेकुराहरू नै खान पाउँछन् । मगर समुदायकाे हाेमस्टे भएकाले कालाे सुँगुर, लाेकल कुखुरा र तीनपाने लाेकल रक्सी त्यहाँका कर्षण हुन् ।

लाफा हाेमस्टेमा जाँदा तान्द्राङकाेट, नागभैरब मन्दिर, भँगेरस्थान, झाँक्रीथान जस्ता धार्मक, ऐतिहासिक र पर्यटकीय स्थल घुम्न पाइने र १४५० मिटर उचाइकाे तान्द्राङकाेटबाट पाेखरा लगायत एकदर्जन जिल्लाकाे दृष्यावलाेकन गर्न सकिने जाेशीले जानकारी दिए । दक्षिण एशीयाली चलचित्र महाेत्सव २०८० मा सर्वाेत्कृष्ट चलचित्र घाेषित भएकाे चर्चित चलचित्र सतिदेवी यहीँ छायाङ्कन गरिएकाे थियाे । यसबाहेक साे स्थानमा थुप्रै टेलि श्रृंखलाहरू समेत छायाङ्कन गरिएकाे छ ।


काठमाडाैंबाट दमाैलीबाट दुइपिप्ले हुँदै लाफागाउँ पुग्न सकिन्छ । पाेखराबाट भाेर्लेटार हुँदै र बेसीशहरबाट साेतीपसल वा भाेर्लेटार हुँदै लाफा मगरगाउँ हाेमस्टे पुग्न सकिन्छ । कालाेपत्रे सडकपछि केही किलाेमिटर कच्ची सडक भए पनि सडककाे स्तराेन्नति भएकाले लाफागाउँ पुग्न कुनै समस्या नरहेकाे वडाअध्यक्ष ओमबीर गुरूङले जानकारी दिए ।

प्रतिक्रिया