बेसीशहर, असार १५ । मर्स्याङदी गाउँपालिकाको भलुभलेमा निःशुल्क दन्त शिविर शुरु भएको छ ।
मर्स्याङदी गाउँपालिकाको आयोजना र ऊँ समाज डेण्टल हस्पिटलको प्राविधिक सहयोग, मुटु फाउण्डेशन नेपाल, मनोज एशोसियसन, शेर्पाइ इमासी मार्सलको प्रायोजनमा वडा नंं ७ को भुलभुले स्वास्थ्य चौकीमा निःशुल्क शिविर शुरु भएको हो ।
शिविरको मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले आइतबार उद्घाटन गरेका थिए । वडा नं–७ का वडा अध्यक्ष तिल बहादुर गुरूङ ज्यूको अध्यक्षतामा भएको शिविरको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जुनामाया थापा, प्रमुख कार्यकारी अधिकृत अर्जुन चपाइँ लगायत उपस्थित थिए ।

दुई दिनसम्म चल्ने उक्त निशुल्क दन्त स्वास्थ्य शिविरमा आइतबार २ सय जनाले सेवा लिएका छन् । शिविर सोमबार पनि चल्नेछ ।
29 Jun 2025
खबरकुञ्ज