एमाले मनाङको अध्यक्षमा पोल्देन छोपाङ गुरुङ निर्वाचित

मिलन शर्मा दनाई

बेसीशहर, कार्तिक २३ गते । नेकपा एमाले जिल्ला कमिटी मनाङको अध्यक्षमा पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका छन् । 

नेकपा एमाले जिल्ला कमिटी मनाङको बिहीबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट मनाङबाट प्रतिनिधि सभा सदस्य रहिसकेका गुरुङ सर्बसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले उनको अध्यक्षतामा ४२ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

जिल्ला कमिटीको उपाध्यक्षमा झलकबहादुर गुरुङ, सचिवमा राजन गुरुङ, उपसचिवमा मीना गुरुङ र छिरिङ गुरुङ निर्वाचित भएका छन् । 

नेकपा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यमा भएको जिल्ला अधिवेशनमा केन्द्रीय सदस्य जमीन्द्रमान घले, भीमबहादुर कार्की, नेकपा एमाले गण्डकीका सचिव धनञ्जय दवाडीलगायतका नेताहरु सहभागी थिए ।

अधिवेशन जिल्ला कमिटीका अध्यक्ष कप्ली गुरुङको अध्यक्षतामा भएको थियो ।


प्रतिक्रिया