बेसीशहर, साउन २६ । यस बर्षको हरितालिकाा तीजमा बाहुनडाँडामा भब्य रमाइलो हुने भएको छ । यही भदौ १० गते हरितालिका तीजको अवसरमा मस्र्याङदी गाउँपालिका वडा नंं ६ बाहुनडाँडामा आयोजना गरिएको बाहुनडाँडा तीज मेलामा स्थानीयसंगै राष्ट्रिय कलाकाारहरुले तीज मेलालाई भब्य बनाउने भएका हुन् ।
बाहुनडाँडाको योङ स्टार क्लवले तीज मेलाको आयोजना गरेको हो । परम्परादेखि नै बाहुनडाँडामा तीज मेला लाग्ने गरेकाोमा विगत केही बर्षदेखि तीज मेलालाई भब्य बनाउन स्थानीय महिला समूहहरुबीच तीज गीतको प्रतियोगिता आयोजना गर्दै आएको छ । अघिल्ला बर्षहरुमा तीज मेलालाई झनै भब्य बनाउन राष्ट्रिय कलाकाहरुलाई बोलाएर थप मनोरञ्जन दिलाउने गरेकोमा यस बर्ष पनि लोकप्रिय लोकदोहोरी गायक चिज गुरुङ र देवी आलेलाई आमन्त्रण गरिएको क्लवले जनाएको छ ।

विगतका बर्षहरुमा आयोजना गरिएका कार्यक्रम सफल भएसंगै यस बर्ष थप सफल बनाउन क्लवले निकै तयारी गरेकाो छ । यो बर्षको कार्यक्रम थप परिमार्जनका साथ आयोजना गरिने क्लवले जनाएको छ ।
खबरकुञ्ज