ग्लोबल आईएमई लघुवित्तले दियाे महिला सदस्यलाइ झोला तथा कुशन बनाउने तालिम

खबरकुञ्ज

सोतीपसल (लमजुङ) फागुन २९ गते । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको छ । संस्थाले लमजुङको मध्यनेपाल नगरपालिका वडा नंं २ सोतीपसलमा रहेको शाखा कार्यालयमार्फत ३० जना सदस्यहरुलाई झोला तथा कुशन बनाउने तालिम प्रदान गरेकोे हो । 

वित्तीय संस्थासग आबद्ध रहेका सदस्यहरुलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन र उनीहरुको आय आर्जनमा सघाउने उद्देश्यले मंगलबारबाट तालिमको आयोजना गरिएको हो । तालिमको मध्यनेपाल नगरपालिका वडा नंं २ का अध्यक्ष केशव न्यौपानले उद्घाटन गरेका थिए ।


सो अवसरमा बोल्दै वडा अध्यक्ष न्यौपानेले महिलाहरुलाई आत्मनिर्भर बनाउने संस्थाको कामको सरहना गर्दै तालिममा सिकेका सीपलाई ब्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । 

ग्लोबल आइएमइ लघुबित्त वित्तिय संस्थाका अनुगमन कार्यालय पोखराका अनुगमन अधिकृत प्रकास लामिछानेले महिलाहरुका हितमा संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराउँदै सिकेको सीपलाई सदुपयोग गर्दै ब्यवसायीक बन्न आग्रह गर्दै ब्यवसायीक बनाउनका लागि संस्थाले पनि सहयोग गर्ने बताए ।


कार्यक्रममा मंगला मावि सोतीपसलका प्रधानाध्यापक विष्णुहरि बास्तोला र नागभैरव बहुद्देश्यिय सहकारी संस्था लि. का ब्यवस्थापक दुर्गा सोतीले महिलाहरुलाई सशक्त बनाउन लघुबित्तले खेलेको भूमिकाको सरहना गर्दै परिवारको ठूलो जिम्मेवारी लिने महिलाहरुले आय आर्जनमा पनि जोडिन खोज्नु ठूलो कुरा हो भन्दै तालिमको सफलताको शुभकामना दिएका थिए ।

सोही अवसरमा ग्लोबल आइएमइ लघुबित्त वित्तिय संस्था लि. सोतीपसल शाखाका प्रमुख ओमराज डौलियाले संस्थाका गतिविधि, आर्थिक क्रियाकलापका बारेमा जानकारी गराएका थिए ।

तालिममा तनहूँको भिमादकी रुपा थापा मगरले सहभागीहरुलाई प्रशिक्षण दिँदै सीप सिकेर आत्मनिर्भर बन्न सके ससानो खर्चका लागि अरुको मख ताक्न नपर्ने र तालिम पछि ब्यवसायीक बनेर मनग्गे आम्दानी गर्न सकिने बताइन् ।

ग्लोबल आइएमई लघुबित्त अन्तर्गत केन्द्र नंं ०३० का केन्द्र प्रमुख सदस्य अर्चना रानाको अध्यक्षतामा भएको तालिममा लमजुङ, कास्की र तनहूँका विभिन्न केन्द्रमा आबद्ध ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।


तामिम बुधवार सकिएको छ । तालिमको समापनका अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै संस्थाका अनुगमन अधिकृत लामिछानेले सिकेको सीपलाई ब्यवहारमा उतार्न आग्रह गरेका थिए । सहभागी महिलाहरुले पनि सीपको सदुपयोग गर्दै उद्यमी बन्ने प्रतिबद्धता जनाएका थिए ।


नेपाल राष्ट्र बैंकबाट घ बर्गको वित्तिय कारोबार गर्ने स्वीकृति पाई देशका विभिन्न जिल्लामा गरी १ सय २२ वटा शाखा मार्फत कारोबार गरिरहेको यो संस्थामा ५ सय कर्मचारी कार्यरत छन् । देशभर गरी १ लाख ५२ हजार सदस्य आबद्ध रहेको संस्थामा ६० हजार ऋणी सदस्य छन् । कारोबार संगै संस्थाले सदस्यहरुलाई विभिन्न सीपमूलक तालिम दिँदै आएको छ ।

प्रतिक्रिया