राजु र मञ्जुले तताउने भए करापुटारकाे माहाेल, ठाडाे भाका पनि गुन्जिने

बेसीशहर, फागुन २७ । लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नंं ७ करापुटारमा गत फागुन २२ देखि सञ्चालन भएकाे करापुटार धार्मिक तथा सांस्कृतिक महाेत्सवकाे साताैं दिन चर्चित तथा ख्यातीप्राप्त कलाकारहरूकाे प्रस्तुति रहने भएकाे छ ।

साताैं दिनकाे कार्यक्रममा लाेक दाेहाेरीका ख्यातीप्राप्त कलाकार, लमजुङका उपज लाेक स्वर सम्राट राजु परियारकाे बिशेष प्रस्तुति रहने भएकाे हाे । महाशिवरात्रीकाे अवसरमा याेजित महाेत्सव अन्तरगत साेमबार राजुकाे साथमा अर्की चर्चित लाेकदाेहाेरी गायिका मञ्जु वि.कसमेत करापुटार जाने भएकी छन् । दुवै मिलेर कारापुटारकाे माहाेल तताउने भएका हुन् ।

महाेत्सवमा राजु र मञ्जबीच लमजुङे ठाडाेभाकाकाे दाेहाेरी भिडन्त हुने छ । यसबाहेक राजुले उनका कालजयी गीतहरू समेत गाउने छन् । रूमाल धाेकाे छु, न्याउली चरी, किसिमकाेटमा चरी नाचेकाे, लमजुङ जाने दाइ, सुर्ती जर्दाले लगायतका लाेकप्रिय गीतका साथमा राजुले मञ्जुसंग दाेहाेरी समेत गाउने याेजक समितिले जानकारी दिएकाे छ ।

गायिका मञ्जुले समेत फू साेमबार करापुटार उने भन्दै कार्यक्रममा सहभागी भइ साथ दिन दर्शक श्राेताहरूलाइ अनुराेध गरेकी छन् । सामाजि सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मञ्जुले महाेत्सवका लागि करापुटार जाने जानकारी गराएकी हुन् ।

गत फागुन २५ गते पशुपति शर्मा, प्रजापति पराजुली, राजन कार्की लगायतका कलाकारले महाेत्सवमा उधुम रमाइलाे गराएका थिए ।



प्रतिक्रिया