नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’

काठमाडौं । चारबर्ष अघि शुरू भएकाे नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ गरिएको छ ।

काठमाडाैं भित्रिने र बाहिरिने सवारीकाे चापले थानकाेट नाैविसे खण्डमा हुने लामाे जाम घटाउन २०७६ मा शिलान्यास भई निर्माण थालिएको सुरूङ मार्गअन्तर्गत रेस्क्यु टनेलको सुरुङमार्गको निर्माण कार्य आज पूरा भएको हो ।

२.५ किलोमिटर लम्बाइकाे उक्त सुरूङमार्ग आइतबार नै सकिने भए पनि १ मिटरकाे काम बाँकी राखी आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएकाे हाे। मुख्य सुरूङको काम भने अब १८ प्रतिशत बाँकी रहेको छ । मुख्य सुरूङ अब ५ सय ६ मिटर खन्न बाँकी रहेको अायाेजनाकाे ठेकेदार जापानी कम्पनी हाजमा–आन्दो जेभीले जनाएकाे छ । याे सुरूङकाे साढे १३ अर्ब रुपैयाँमा ठेक्का लागेकाे हाे । 

प्रतिक्रिया