काठमाडौं । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध अपराध गरेकोले उनीहरुलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिद दर्ता भएको छ ।
सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकहरुलाई तत्कालीन नेकपा माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
विष्टले यस अघि पनि सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि सर्वोच्च अदालत प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुनुपर्ने विषय भन्दै उनको रिट दरपीठ गरिदिएको थियो । यसका विरुद्ध विष्टले पुनः दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो ।
रिटमा दुबै प्रचण्ड र भट्टराईलार्ई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । उनले प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्न पनि माग गरेका छन् । विष्टको रिटमाथि सर्वोच्चले यही जेठ ३० गतेका लागि सुनुवाइको मिति तोकेको छ ।
रिट निवेदनको विवरण हेर्नुहोस् ।
https://khabarkunja.com/content/epaper/imageotapgixez.pdf