बेसीशहर, पुस १८ गते । बेसीशहरमा जारी ३२ औं त्रिवेणी कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएकोे अभिषेक चर्च रजहर विरुद्धको क्वार्टर फाइनल खेलमा आयोजक क्लव त्रिवेणी युथ क्लव बेसीशहरले गोलको बर्षा गरेको छ ।
सहजी रंगशाला बेसीशहरमा आज बिहान ११ बजे शुरु भएको पहिलो खेलमा आयोजक त्रिवेणी युवा क्लवले रजहर विरुद्ध ६–० को फराकिलो जीत निकाल्यो । खेलमा त्रिवेणीका खेलाडीहरुले रजहर विरुद्ध गोलको बर्षा नै गरे । जारी प्रतियाेगितामा एक खेलमा भएकाे याे सर्वाधिक गाेल हाे ।

खेलमा ४० औं मिनेटसम्म दुवै टीमले बराबरी खेले । तर ४० औं मिनेटपछि त्रिवेणीको तर्फबाट गोलको बर्षा शुरु भयो । घरेलु दर्शकको समर्थनले उत्साहित त्रिवेण्ीका लागि ४० औं मिनेटमा मिलन राईले गोलको खाता खोलेका थिए ।
त्यसपछि ४७ औं ५९ औं मिनेटमा सुनिल खड्काले दुई गोल गरे । ४९ औं मिनेटमा निशान लिम्बुले गोल गरी टीमलाई ४–० को अग्रतामा पुर्याएकामा ७४ औ मिनेटमा सबि गुरुङले पाँचौ गोल थपे । खेलको ७४ औं मिनेटमा रामचन्द्र वाजीले छैटौं गोल गरी त्रिवेणी युवा क्लवलाई सेमीफाइनलमा टेकाउन योगदान गरे ।

खबरकुञ्ज