पहिराेमा परी परिवार गुमाएका निरजलाइ युनिभर्सल एकेडेमीले कक्षा १२ सम्म निःशुल्क पढाउने

मिलन शर्मा दनाई

बेसीशहर, साउन ६ गते । गएको असार ११ गते राती गएको पहिरोमा परी परिवार गुमाएर टुहुराे भएका लमजुङको क्व्होलसोंथार गाउँपालिका वडा नंं ३ बगुमका ११ बर्षका निरज गुरूङलाइ बेसीशहरकाे युनिभर्सल एकेडेमीले कक्षा १२ सम्म निःशुल्क पढाउने भएकाे छ ।

साे विद्यालय एवं क्व्हाेलसाेंथार गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर घलेले आइतबार पत्रकार सम्मेलन गरी निरजलाइ आफ्नाे विद्यालयले १२ कक्षासम्म निःशुल्क पढाउने जानकारी गराएका हुन् । पहिराेमा आमा र बहिनी गुमाएका उनी गाउँमै कक्षा ६ मा अध्ययन गरिरहेकामा युनिभर्सलमा कक्षा ५ मा भर्ना गरिएकाे र आइतबारबाटै उनी विद्यालय जाने उनले जानकारी दिए ।

साे अवसरमा युनिभर्सल एकेडेमीका प्रिन्सिपल बिमल अधिकारीले हरेक बालबालिकाकाे आधारभूत कुरा शिक्षा भएकाले र विपदमा परी परिवार गुमाएका निरजलाइ जीवन निर्वाह गर्न सहज हाेस भनि कक्षा १२ सम्म विद्यालयले निःशुल्क अध्यापन गराइदिने निर्णय गरेकाे जानकारी दिए । उनका अनुसार विद्यालयले कक्षा १२ सम्मकाे पठन पाठनमा कुनै शुल्क लिने छैन । उनलाइ विद्यालयकै छात्राबासमा बसेर अध्ययन गर्ने वातावरण बनाउने र आवास बापत न्यूनतम शुल्क मात्र लिइने जानकारी उनले दिए ।

कार्यक्रममा क्व्हाेलसाेंथार गाउँपालिका वडा नं. ३ का अध्यक्ष आशबीर गुरूङले पहिराे पीडितका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त भएकाे सहयाेग रकम बारे जानकारी गराएका थिए ।

सचिनका बाबुकाे ५ बर्ष अघि करेण्ट लागेर निधन भएकाे थियाे । उनकी  आमा ३७ बर्षकी पञ्चकुमारी, हजुरबा ६९ बर्षका रुद्रमान गुरुङ र बहिनीहरू ७ बर्षकी ईच्छा गुरुङ तथा ५ बर्षकी नम्रता गुरुङको गत असार ११ गतेकाे पहिराेमा परी मृत्यु भएको थियो । 


बगुमकाे पहिराेमा परी ज्यान गुमाएका रूद्रमान, उनकी बुहारी पञ्चमाया र नातिनीहरू 

पहिरो पीडितका लागि क्व्होंलसोंथार गाउँपालिकाले तत्कालका लागि दाल, चामल लगायतका खानेकुरा, खाना पकाउने र खाने भाँडाकुँडा, ओढ्ने ओछ्याउने गरी ७१ हजार ९ सय ४० रूपैयाँ बराबरकाे राहत सामग्री उपलब्ध गराएको थियो । त्यस्तै मृत्यु भएका परिवारका लागि किरिया खर्च स्वरुप अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)ले प्रति मृतक १५ हजारका दरले राहत उपलब्ध गराएको  थियो ।

                                                                           ४ जनाकाे ज्यान लिने गरी गएकाे बगुमकाे पहिराे

यसबाहेक वडा कार्यालयबाट १० हजार, उत्तरकन्या रिल्दी घले समाज रामपुरले १ लाख ८० हजार, पाेचाेकाे तमु परिवार पाेखराले १५ हजार, तिजे उत्तरकन्या कृषि सहकारी संस्था घलेगाउँले १३ हजार, कृषक जागरण साकाेस बेसीशहरले १० हजार सहयाेग गरेका छन् ।

पहिराे पीडितका लागि युनिभर्सल अंग्रेजी विद्यालय बेसीशहर,आदर्श युवा क्लव बगुम उत्तरकन्या तमु समाज बेसीशहर, तमु धिं साउदी अरब, लमजुङ सेवा समिति हङकङ, विद्यार्थी पुस्तक पसल बेसीशहर लगायतका संघ संस्थाले सहयाेग गरेका वडा अध्यक्ष गुरूङले जानकारी दिए ।

प्रतिक्रिया