लावालस्करका साथ मन्त्री सांसदहरू निरीक्षणमा, स्थानीयकाे यस्ताे बिराेध

सुन्दरबजार नगरपालिकाका बिभिन्न वडामा सञ्चालन भएका विभिन्न खानेपानी तथा सिञ्चाइ याेजनाकाे गण्डकी प्रदेशका मन्त्री र सांसद, स्थानीय जनप्रतिनिधि र पार्टीका कार्यकर्तासहितकाे टाेलीले साेमबार अनुगमन गरेकाे छ ।

गण्डकी प्रदेशका उर्जा, जलश्राेत तथा सिञ्चाइ मन्त्री सरस्वती अर्याल तिवारीसहित प्रदेश सांसद टकराज गुरूङ, पार्वती तामाङ, मन्त्रालयका सचिव सुदिप कैनी, सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण काेइरालासहित विभिन्न वडाका वडाध्यक्षहरू र साथमा नेपाली कांग्रेसका विभिन्न तहका कार्यकर्ताहरूले ती याेजनाकाे अनुगमन  तथा निरीक्षण गरेका हुन् ।


मन्त्री, सांसदकाे टाेलीले वडा नं.–१०, धुसेनीस्थित तिवारी गाउँ–कोइरालाफाँट खानेपानी आयोजना र सुन्दरबजार नगरपालिका वडा नं. २ मा रहेको हाँडेटार सिञ्चाइ नहरको निरीक्षण गरेकाे छ । निरीक्षणका क्रममा भएकाे एक कार्यक्रममा मन्त्री तिवारीले सानातिना याेजना र समस्या वडा र नगरपालिकाबाटै सम्पन्न गर्न र वडा तथा नगरले गर्न नसक्ने काम प्रदेश सरकारले गर्ने बताइन् । उनले सम्पन्न योजनाको दीगाेपनका लागि मर्मत सम्भार कोष बनाउन उपभोक्ताहरुलाई सुझाव पनि दिइन् ।

साे अवसरमा मन्त्री तिवारीले तिवारी गाउँ–कोइरालाफाँट खानेपानी आयोजनाकाे धाराेबाट अञ्जुलीभरी पानी लिएर मीठाे मानेर पिइन् पनि।

सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण कोइरालाले नगरभित्र खानेपानी तथा सिञ्चाइकाे अवस्था जानकारी गराउँदै याेजना निर्माण भइसकेपछि मर्मत सम्भारमा ध्यान नदिंदा ठूला योजनाहरु पनि केहि बर्षमा काम नलाग्ने अवस्थामा आएको भन्दै उपभाेक्ताहरूलाइ याेजनाकाे मर्मत सम्भारमा ध्यान दिन अनुराेध गरे ।


सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण कोइरालाले नगरभित्र खानेपानी तथा सिञ्चाइकाे अवस्था जानकारी गराउँदै याेजना निर्माण भइसकेपछि मर्मत सम्भारमा ध्यान नदिंदा ठूला योजनाहरु पनि केहि बर्षमा काम नलाग्ने अवस्थामा आएको भन्दै उपभाेक्ताहरूलाइ याेजनाकाे मर्मत सम्भारमा ध्यान दिन अनुराेध गरे ।

मन्त्री, सांसदकाे टाेलीले वडा नं.–१०, धुसेनीस्थित तिवारी गाउँ–कोइरालाफाँट खानेपानी आयोजनाकाे निरीक्षण गरेकाे बिषयमा स्थानीयले भने सामाजिक सञ्जालमा याेजनाकाे बिराेध गरेका छन् । कतिपयले सुन्दरबजार वडा नं. १० काे याेजना अनुगमन भन्ने तर वडा नंं ३ मा गएर कार्यक्रम गरिएकाे भन्दै सामाजिक सञ्जालमा बिराेध गरेका छन् ।


सामाजिक सञ्जाल फेसबुकमा तिलकशाली काेइराला लेख्छन्– "वडामा भएकाे खानेपानीकाे लुटतन्त्रबारे माननीयलाइ बताइयाे कि फाइल गुपचुप राखियाे ?


जवाफमा अर्का प्रयाेगकर्ता शिवराम काेइरालाले वडा नं. १० काे बजेट लगेर ३ मा विकास गरिएकाे र खानेपानीमा लुटतन्त्र भएकाे टिप्पणी गरेका छन् ।

फेसबुक प्रयाेगकर्ता सुरज जाेनले हाँडेटार सिञ्चाइकाे निरीक्षण अनुगमनमा मन्त्री जाँदा अध्यक्षलाइ थाहै नदिइएकाे भनेर गुनासाे गरेका छन् ।


गण्डकी प्रदेश सरकारको ६१ लाख ३३ हजार ६ सय ११ रुपैयाँ र जनश्रम १४ लाख ४४ हजार २ सय ३८ रुपैयाँ गरी कूल ७५ लाख ७७ हजार ८ सय ५० रुपैयाँको लागत रहेकाे तिवारी गाउँ–कोइरालाफाँट खानेपानी आयोजनाकाे काम सम्पन्न हुन बाँकी रहेकाे बताइएकाे छ।



प्रतिक्रिया