बेंसीशहर, असार २२ गते । शुक्रबारदेखि परेको अविरल बर्षाका कारण लमजुङका बिभिन्न स्थानमा यातायात अबरुद्ध भएको छ ।
अबिरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण सडक अबरुद्ध भएको हो । बाढीका कारण मध्यपहाडी लोकमार्ग र बेसीशहर चामे सडकका ठाउँ ठाउँमा सडक अबरुद्ध भएको छ ।
बर्षाका कारण सुन्दरबजार नगरपालिकाको वडा नं. ५ खहरेमा रहेको खहरे खोलामा बाढीले सडक भत्काउँदा मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको हो । खोलामा आएको बाढीले सडक खोतलेर खाल्डो बनाएपछि यातायात अबरुद्ध भएको हो । उक्त खोलामा सडक पुल निर्माणाधीन अवस्थामा छ ।
यसैगरि बेसीशहर-चामे सडक अन्तरगत बेंसीसहर नगरपालिकाको वडा नं. ६ मा पर्ने खरखरेमा पुनः पहिरो खसे पछि यो सडक पनि अबरुद्ध भएको छ । सडक खुलाउने प्रयास भइरहेकाे छ ।
6 Jul 2024
खबरकुञ्ज