नेपाल पत्रकार महासंघ लमजुङको अध्यक्षमा सन्देश पौडेल निर्वाचित भएका छन् ।
शुक्रबार अबेर सम्पन्न मतगणना अनुसार नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उमेदवारका रुपमा अध्यक्षमा उमेदवारी दिएका पौडेल २६ मत ल्याएर विजयी भएका हुन् । गठबन्धनबाटै बिद्राेही उमेदबार बनेका अध्यक्षका प्रत्यासी अनुज अधिकारीले ५ मत पाए ।
३४ जना सदस्य रहेको लमजुङ शाखामा अध्यक्ष पदका लागि मात्र शुक्रबार निर्वाचन भएको थियो । निर्वाचनमा ३२ मत खसेकोमा एउटा मतपत्रमा कसैलाई मत दिइएको पाइएन ।
अध्यक्ष बाहेकका अन्य पद भने निर्विरोध भए ।
प्राप्त समाचार अनुसार उपाध्यक्षमा बसन्ता भट्ट र बेलिना थापा, सचिवमा कृष्ण आले, कोषाध्यक्षमा निरज अधिकारी, सहसचिवमा सीताराम बसेल र श्रीकला भण्डारी निर्विरोध भएका हुन् ।
त्यस्तै सदस्यहरुमा घनबहादुर घिमिरे, आस गुरुङ, श्याम सितल परियार र सुजन बानिया निर्वाचित भए । महिला सदस्यमा शान्ता कमली, दलित सदस्यमा शिला बि.क., जनजाति सदस्यमा सुनिता भुजेल र अल्पसंख्यक सदस्यमा सविना प्रज० निविरोध निर्वाचित भएका छन् ।
अधिवेशनबाट केन्द्रीय परिषद सदस्यमा रामजी राना पनि निर्विरोध निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधि सदस्यमा भने कसैको उमेदवारी नै नपरेको मुख्य निर्वाचन अधिकृत सन्तोष पौडेलले बताए ।
खबरकुञ्ज