विश्व संगीत दिवसमा तुर्लुङकाेटमा घन्किए ठाडाे भाका लगायतका संगितिक प्रस्तुति

मिलन शर्मा दनाई

बेसीशहर, असार ८ गते । बुधबार पारेको बिस्व संगीत दिवसका अबसरमा लमजुङमा पनि विविध सांगितिक कार्यकम गरिएकाे छ ।

राष्ट्रिय लाेक दाेहाेरी गीत प्रतिष्ठान लमजुङले लमजुङकाे तुर्लुङकाेटमा विविध सांगितक कार्यक्रम गरेकाे हाे ।सन् १९८२ देखि फ्रान्सबाट याे दिवस मनाउन सुरु गरिएको हाे । यस दिवसका अबसरमा सुन्दरबजार नगरपालिकाकाे वडा नंं ११ मा रहेकाे एेतिहासिक, धार्मिक, पुरातत्विक एवं पर्यटकीय महत्वकाे तुर्लुङकाेटमा प्रतिष्ठानकाे लमजुङ शाखाले विविध सांगितिक कार्यक्रम गरेकाे हाे ।

साे अबसरमा प्रतिष्ठानका कलाकारहरूले विविध सांगितिक कार्यक्रम प्रस्तुत गरे । साेही अबसरमा तुर्लुङकाेटका स्थानीय कलाकार र प्रतिष्ठानका कलाकारबीच ठाडाेभाकाकाे घम्साघम्सी समेत भएकाे थियाे ।



सुन्दरबजार नगरपालिका वडा नंं ११ का कार्यबहाक वडाध्यक्ष भूमिकर दुराकाे प्रमुख अातिथ्य र प्रतिष्ठानका अध्यक्ष अनुज अधिकारीकाे अध्यक्षतामा भएकाे सांगितिक कार्यक्रममा वरिष्ठ लाेक गायिका माया गुरूङ, प्रतिष्ठान गण्डकी प्रदेशका उपाध्यक्ष मञ्जु वि.क, प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी, सचिव प्रशान्त तामाङ, सल्लाहकार विष्णुभक्त अधिकारी सदस्य हस्त बहादुर वि.क.लगायतका कलाकारले संगितिक प्रस्तुति दिएका थिए ।


कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अधिकारी र प्रदेश उपाध्यक्ष वि.कबीचकाे लाइभ दाेहाेरीका साथै सल्लाहकार विष्णुभक्त अधिकारी र स्थानीय कलाकारहरूबीचकाे ठाडाे भाकाकाे जुहारीले सहभागी सबैकाे मन जितेकाे थियाे ।संगीत दिवसकै अबसरमा प्रतिष्ठानले तुर्लुङकाेट गढीमा बृक्षाराेपण गरेकाे छ । गढीकाे परिसरमा गुलमाेहर, तेजपात, धुपी लगायत विभिन्न प्रजातिका विरूवाहरू राेपिएकाे हाे । यस अघि प्रतिष्ठानले सदरमुकाम बेसीशहरकाे करपुरेश्वर पार्कमा समेत बृक्षाराेपण गरेकाे थियाे ।

प्रतिक्रिया