बेसीशहरका वडाहरूलाइ वडालाई सिधै ७ करोड २५ लाख बजेट, सबै भन्दा बढी वडा नंं १० र ११ लाइ, कम वडा नं. ९ लाइ दिइने

लमजुङकाे बेसीशहर नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि वडालाई सिधै ७ करोड २५ लाख बजेट दिने निर्णय गरेकाे छ । नगर कार्यपालिकाको आईतबार बसेको बैठकले वडास्तरीय योजना तथा कार्यक्रम तय गर्नका लागि ११ वटै वडाका लागि बजेटको सिमा निर्धारण गरेको हो ।

वडागत रुपमा सबैभन्दा बढी बजेट वडा नम्बर १० र ११ लाई र सबै भन्दा कम वडा नंं ९ लाइ छुट्याउने नगरपालिकाकाे निर्णय छ । नगरपालिकाले वडा नम्बर १० र ११ वडालाई ७३ लाख १७ हजार बजेटको सिलिङ तोकेकाे छ । जबकि वडा नं. ९ लाइ  ६० लाख २७ हजार बजेटको सिमा निर्धारण गरिएकाे छ।

आइतबारकाे वैठकले वडा नम्बर ७ लाई ६७ लाख २९ हजार, वडा नम्बर ८ लाइ ६७ लाख २२ हजार, वडा नम्बर २ लाई ६६ लाख ३५ हजार, वडा नम्बर ३ लाई ६४ लाख ७० हजार, वडा नम्बर ५ लाई ६४ लाख ३७ हजार, वडा नम्बर ६ लाई ६३ लाख ५७ हजार, वडा नम्बर १ लाई ६३ लाख २५ हजार, वडा नम्बर ४ लाई ६१ लाख ६४ हजार गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।

बेसीशहर नगरपालिकाको नगरसभा यहि असार १० गते हुने भएको छ भने आर्थिक बर्ष २०८०/०८१ का कूल बजेट ७६ करोड ५९ लाख १२ हजार हुने नगर कार्यपालिका बैठकले अनुमान गरेको छ । यो बजेट गत बर्षको भन्दा ९३ लाख १ हजार कम हो । गत बर्ष ७७ लाख ५३ लाख ३ हजार रहेको थियो । संघीय सरकारले बजेट घटाएर पठाउने भएपछि नगरपालिकाकाे बजेट पनि घट्ने भएकाे हाे ।

नगरकार्यपालिकाको बैठकले आगामी बर्षको आय अनुमान, बजेटको सिद्धान्त र प्रथामिकता,  क्षेत्रगत बजेट, वडागत बजेट सिलिङ, लागत साझेदारीका योजनामा संशोधन, स्वास्थ्य र शिक्षा तथा कार्यक्रम, प्रारम्भिक वातावरणीय परीक्षण, वडास्तरीय योजना तथा कार्यक्रम समेत तय प्रमुख प्रशासकीय अधृकृत इमनाथ कँडेलले जानकारी दिए ।

नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा भएको बैठकमा उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकिय अधिकृत इमानाथ कंडेल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू उपस्थित थिए । 

प्रतिक्रिया