बेसीशहर, पुस १६ गते । अभिषेक चर्च रजहर र बीवाइसी भोटेओडार बेसीशहरमा जारी त्रिवेणी कप राष्ट्रब्यापी नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार बेसीशहरको सहजी रंगशालामा भएको खेलमा संकटा क्लव काठमाडौंलाई ट्राइबेकरमा पराजित गर्दै अभिषेक चर्च र मस्र्याङदी युवा क्लव बेसीशहरलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै बीवाइसी भोटेओडार क्वार्टर फाइनलमा प्रवेश गरेका हुन् ।
मंगलबारको दोस्रो खेल निकै रोमाञ्चक रह्यो । उपाधिको दावेदार मानिएका संकटा र अभिषेक चर्चबीचको खेल २–२ गोलको बरबारीमा रोकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा अभिषेक चर्चले ५–३ को नतिजा निकाल्दै क्वार्टर फाइनलको यात्रा तय ग¥यो ।
यस अघि अभिषेक चर्चका लागि २८ औं र ३२ औं मिनेटमा अभिषेक चर्चका लागि जर्सी नंं ९ का मिन्सो लिम्बुले आकर्षक गोल गरी टीमलाई अग्रता दिलाए । यो अग्रता धेरैबेर टिकेन । मध्यान्तर पछि संकटाका लागि कप्तान कुलदीप कार्कीले खेलको ७२ र ७६ औं मिनेटमा गोल गरी खेललाई लयमा फर्काए । उनले पहिलो गोल फ्रि किकबाट र दोस्रो पेनाल्टीबाट गोल गरेका थिए ।
जारी प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा बीवाइसी भोटेओडारका लागि खेलको ३४ औं मिनेटमा शिव सुवेदीले एकमात्र निर्णायक गोल गरी टीमलाई क्वार्टर फाइनलको यात्रामा पु¥याए ।
खबरकुञ्ज