काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै देशमा एउटै व्यक्ति ५-६ पटकसम्म प्रधानमन्त्री हुने परम्परा नरहेकाे भन्ने भनाइकाे जवाफमा कांग्रेसकै नेता एवं परराष्ट्र मन्त्री एनपी साउदले जवाफ फर्काएका छन् । उनले पार्टीका सभापति शेरबहादुर देउवा योग्यताकै कारण ५ पटक मुलुकको प्रधानमन्त्री बन्न सकेकाे बताएका हुन् ।
कांग्रेस चौरपाटी गाउँ कार्यसमिति अछामले आइतबार गरेको कार्यक्रममा बोल्दै मन्त्री साउदले सभापति देउवा भाग्यले नभइ याेग्यताले ५ पटकसम्म प्रधानमन्त्री बनेका जिकिर गरे । उनले भने – ‘सभापति देउवा चिठ्ठा परेर ५ पटकसम्म प्रधानमन्त्री हुनुभएकाे हाेइन, उहाँ योग्यताकै कारण प्रधानमन्त्री बन्नुभएको हो।’
कांग्रेसको दोलखा–काठमाडौं संम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले भनेका थिए– ‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताइदिनुस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन ।’